६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

उडसाइडस्थित शेर्पा कल्चार सेन्टरबाट आइडी एनसिसी वितरण सुरु


१८ जेष्ठ २०७४, बिहिबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क
न्युर्योकबासी तपाईहरु कसैले मेयर अफिसले दिदै आएको आइडि एनवाइसि लिनु भएको छ ? यदि छैन भने लिइहाल्नुस । यो लिन अब टाढा जानु पदैन । तपाईहरुकै सजिलोको शेर्पा किदुगको कल्चर सेन्टरको हलबाट बुधाबार विहानदेखिन वितरण भइरहेको छ । यो लिन अब विगतमा जस्तो अग्रेजीमा भर्नु पदैन सवैको सजिलोको लागी नेपाली र तिब्बती भाषामा भर्न पाइने सुविधा रहेको छ । उडसाइडको सभेन्टी थ्रि स्ट्रीटमा रहेको सेन्टरको हलमा बुधाबार विहान काउन्सील मेन डयानियल ड्रमको उपस्थितिमा काड वितरण भएको हो । ‘ कागज भएको वा नभएको दुबैको सुविधाको लागी न्युयोर्क मेयर अफिसले दिदै आएको यो आइडिएनवाइसि लिएमा तपाईहरु सवैलाई फाइदा हुने भएकोले हामीले वितरण गरेको हो ’ काउन्सीलमेन ड्रमले बताए । उनका अनुसार यो काड लिएमा कतिपय पार्क, चिडियाखाना, डिपार्टमेन्ट स्टोर लगायतमा छुट हुने भएको छ । आगामी जुनको ८ तारिखसम्म दिन लागेको यो कार्ड वितरणका लागी यतिखेर मेयर अफिसकै कर्मचारीहरु खटिइरहेका छन ।
‘ यो काड धेरै उपयोगी भएकोले हामीहरुले गरेको पहलमा आइडिएनवाइसिको नया पप अप स्टेसन स्थापना गरेको हो ’ शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले भने—‘ सवैले यो फाइदा लिओस भनेर राखेको सेन्टरमा नलिएकाहरु सबैलाई आउन आग्रह गर्दछु ’। किदुगलाई हिमालयन एन्ड्रस गु्रपले मुख्य सहयोगीको भुमिका खेलेको छ भने सहसहयोगीको रुपमा न्युर्योक न्युजर्सि तिब्बतीयन कम्युनिटि र अधिकार रहेको छ मेयर अफिसले जनाएको छ ।


‘ न्युयोर्कसिटिको हिमालयन तथा अन्य विभिन्न समुदायहरुको हितमा पहिलो पटक नेपाली र तिब्बती भाषामा फाराम राखेर पप सेन्टर खोलेको हो ’ न्युयोर्क सिटिको मेयर अफिस अफ इमिग्राण्ड एफेयर्स कार्यक्रमको वी आर न्युयोर्क कार्यक्रमका निर्देशक कुन्चोगले भने —‘ न्युयोर्क सिटिको कानुन अनुसार निवेदकहरुलाई फाराममा भएको बाहेक उनीहरुको केही पनि विवरण सिटिमा नरहने भएकोले कागज नहुनेहरुलाई केही फरक पदैन ’ । उनका अनुसार सिटिले यस अघि मोबाइल इन्रोलमेन्ट गरेको थियो तर कम्युनिटिहरुको माग अनुसार पहिलो पटक पप सेन्टर राखेको हो ।


‘ भाषिक न्यायको लागी मेयर अफिसले हामीलाई यो कार्ड बनाउन सजिलो गराइदिएमा सम्बन्धीत व्यक्तिहरुलाई धन्यवाद दिन चाहान्छु’ अधिकारकी नर्वदा क्ष्ँेत्रीले भने—‘ कागज होस नहोस सवैले यो कार्ड बनाएमा धेरै फाइदा हुन्छ ’ । यो परिचयपत्र बनाउनका लागी कागज भएकाहरुले न्यूयोर्क आईडी र ग्यांस बत्ती टेलिफोनको बिल (ठेगाना प्रमाणको लागि) र कागजपत्र नभएकाहरुले म्याद भएको पासपोर्ट र आफनो ठेगाना खुल्ने प्रमाण कागजपत्र वा चिनेजानेको कसैको सिफारिस गर्न सकिने व्यवस्था रहेको छ । काड वितरणको पहिलो दिन मेयर अफिसको निक गुलोटा, हिमालयन एल्ड्रस गुप, तिब्बती कम्युनिटि न्युयोर्क न्युजर्सिका प्रतिनिधिहरुले आइडि एनवाइसिको बारेमा मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार  ८ : ४३ बजे