७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपालमा दुख पाएका बालबालिकालाई १० लाख सहयोग गर्दै डा‍. विनोद


२ आश्विन २०७५, मंगलबार  

0
Shares

न्युयोर्क । हरेक बाआमा आफ्ना छोराछोरीको खुसीको लागि उनीहरुको आवश्यता पुरा गर्न कुनै कसर बाँकी राख्दैनन् । छोराछोरीलाई खुसी बनाउन र प्रोत्साहन गर्न बाआमाले जन्मदिनलाई विशेष उत्सव नै बनादिन्छन् । पछिल्लो समय अमेरिका आइपुगेका नेपालीहरुले १६ वर्ष पुगेका छोरीहरूलाई स्वीट सिक्स्टीन पनि उल्लासपूर्वक मनाउन थालेका छन् ।

स्वीट सिक्स्टीनमा बाआमाले छोरीलाई महँगा उपहार दिने चलन रहेको छ । यस्तै, हालै राधिका शाहको पनि स्वीट सिक्स्टीन मनाईयो ।

डा विनोद शाह र सुजाता शाहकी छोरी राधिका शाहको स्वीट सिक्सटीन उत्सव भने अरुभन्दा पृथक देखियो । डा विनोदले छोरीलाई उपहार नदिएर नेपालमा दुख पाएका बालबालिकालाई दिने घोषणा गरे । आफूलाई उपहार दिनुपर्ने रकम बुवाले बालबालिकाका लागि खर्च गर्ने सुनेर राधिका पनि खुसी छिन् ।

दु:ख पाएका नेपाली बालबालिका लागि १० हजार डलर दिने डा विनोदले आयोजित पाटीमा घोषणा गरेका हुन् । हाडजोर्नी सम्बन्धी परिचित चिकित्सक डा शाहले योङकरमा छोरीको स्वीट सिक्सटिन आयोजना गरेका थिए । कार्यक्रममा आफन्तहरू र इष्टमित्रहरूको उपस्थिति रहेका थिए । सहयोगी भावनाको डा शाह समाजसेवी हुन् ।

तस्बिर : अशोक पन्त

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ८ : ३३ बजे