७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अन्तरराष्ट्रिय तामाङ समन्वय समिति गठन ।


Ang

७ आश्विन २०७५, आइतबार  

0
Shares

तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले ३ जना बोर्ड अफ डिरेक्टर मनोनित गर्नुको साथै तामाङ अन्तराष्ट्रिय सम्मेलन गर्नका लागी अन्तराष्ट्रिय समन्वय समिति समेत गठन गरेको विज्ञाप्ती मार्फत जनाएको छ । बैठकमा मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ रहेका छन् । तामाङ समाज अमेरिकाको बिधान अनुसार अध्यक्षले ३ जना बोर्ड अफ डिरेक्टर कार्यकारिणी बोर्डमा मनोनित गर्न सक्ने प्रावधान अनुसार शनिबार बसेको बैठकले मनोनित गरेको जनाएको छ ।

त्यसै गरि अन्तरराष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने उद्देश्य अनुरुप भरत मोक्तान तामाङ, शान्त थोकर र लुईसाङ वाईवा तामाङ सम्मिलित तीन सदस्यीय अन्तरराष्ट्रिय तामाङ समन्वय समिति गठन गरेको समाजले जनाएको छ । बैठकले वरिष्ठ उपाध्यक्ष ब्रजेश लामाको अध्यक्षतामा इन्फर्मेशन टेक्नोलोजी कमिटी, उपाध्यक्ष सुमित्रा योन्जनको अध्यक्षतामा महिला शशक्तिकरण कमिटी, सचिव विनिता तामाङको अध्यक्षतामा एक्सटर्नल एफेयेर्स कमिटी, कोषाध्यक्ष फुरु लामाको अध्यक्षतामा आर्थिक कमिटी, सजुन थोकरको अध्यक्षतामा युवा तथा खेलकुद कमिटी, यूनिशा तामाङको अध्यक्षातामा सांस्कृतिक कमिटी, रिनु तामाङको अध्यक्षतामा बालबालिका विकास कमिटी, रोजबहादुर घिसिङको अध्यक्षतामा इमिग्रेशन कमिटी र दिपेन्शा लामाको अध्यक्षतामा एजुकेशन कमिटी गठन गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार  ११ : ०१ बजे