६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

एचआइभी संक्रमित बालबालिकालाई प्रधानमन्त्रीको टीका


३ कार्तिक २०७५, शनिबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले  एचआइभी संक्रमित बालबालिकालाई टिका लगाइदिएका छन् ।

सफलता शिक्षा सदन कीर्तिपुर भत्क्यापाटीमा अध्ययनरत २३ जना बालबालिकालाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाइ दिएका हुन् ।

उक्त अवसरमा बालबालिकाले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चासो समेत राखेको सदनका प्रमुख राजकुमार पुनले जानकारी दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार  ५ : ३८ बजे