१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नयाँ शक्तिका उमेदवारमाथि माअोवादीको अाक्रमण


२३ जेष्ठ २०७४, मंगलबार  

0
Shares

काठमाडौं । दाङस्थित राप्ती गाउँपालिकाका नयाँ शक्ति नेपाल अध्यक्षका उम्मेदवारमाथि आक्रमण भएपछि नयाँ शक्ति पार्टी, नेपालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । राप्ती गाउँपालिकाका अध्यक्षका उम्मेदवार नन्दकुमार चौधरी र पार्टीका केन्द्रीय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्मामाथि सोमबार राती माओवादी केन्द्रका कार्यकर्ताहरुद्वारा सांघातिक आक्रमण भएको थियो । स्थानीय तहको निर्वाचन प्रचारप्रसारका क्रममा राप्ती गाउँपालिका-३ कट्हामा चौधरी र शर्मामाथि आक्रमण भएको थियो ।

आफ्ना उम्मेदवारमाथि आक्रमण र ज्यान मार्ने धम्की आएपछि यस्तो अवस्थामा चुनाव प्रचार गर्न सक्ने अवस्था नभएको तथा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको कुनै सम्भावना नदेखिएको भन्दै नयाँ शक्तिले निर्वाचन आयोगलाई ध्यानाकर्षणपत्र लेखेको हो । घटनाको छानविन गरी आक्रमणकारीहरुलाई कारवाहीको दायरामा ल्याई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गर्न नयाँ शक्तिले आयोगसमक्ष माग गरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार  २ : १८ बजे