६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

ह्योल्मोले मनाए ह्याए, उपराष्ट्रपति पुनले दिए शुभकामना


१४ पुस २०७५, शनिबार  

0
Shares

काठमाडौंः ह्योल्मो समूदायको ह्याए पर्वको अवसरमा आज काठमाडौंमा ह्याए सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

तीनचुलीस्थित ह्योल्मो गुम्बामा आयोजित कार्यक्रम उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरे ।

नेपाल ह्याल्मो समाज सेवा संघको आयोजनामा भएको कार्यक्रममा पूर्व कानुनमन्त्री तथा सांसद शेरबहादुर तामाङ, प्रदेश सांसद निमा लामालगायतको उपस्थिति थियो ।

कार्यक्रम उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ह्याएको शुभकामना दिए । कार्यक्रममा सांस्कृतिक झाँकीका साथै कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । त्यसैगरी ह्याए खेल्नुका साथै ह्योल्मो नाच प्रदर्शन गरिएको थियो ।

ह्याए देउसीजस्तै भएको ह्योल्मो गुम्बाका महासचिव टासी डी ह्योल्मोले बताए । उनले भने, ‘यो देउसीजस्तै हो। तर घरघरमा ह्याये खेलेर त्यहाँबाट पाएको रकम अन्न परोपकारमा खर्च गरिन्थ्यो । अहिले लोप हुन लागेकोले युवा पुस्ता यसको जगेर्नाका लागि लागी परेको छ । यो पुरानो संस्कृति हो ।

चन्द्रमासअनुसार ११ महिनाको पुर्णिमामा मनाइने टासी नेपाल ह्योल्मो महिला संघकी महासचिव किन्जो ओमु ह्योल्मोले बताइन् ।

यसरी मनाइन्छ ह्याए

हिमाली चन्द्रमास पात्रो अनुसार एघारौं महिनाको पूर्णिमामा मनाउने यो चाँड विशेष गरी परापूर्वकालदेखि समूह–समूह बनाएर अन्न, दान संकलनको लागि छरछिमेकको घरमा गएर नाचगान गर्दै मनाईछ । आफ्नो घरमा आउनु भएका अन्न, दान संकलकहरूलाई अन्न चढाउने पर्व भएकोले यस पर्वलाई ह्याए अर्थात् फलेको अन्न चढाउने पर्व भनेको कथान रहेको छ ।

परापूर्वकालमा घरमा अन्न माग्नु आउनेहरूलाई विशेष प्रकारले स्वागत (तेम्डेल) गरेर अन्न चढाउने र सो संकालन गरिएको अन्नलाई विभिन्न परिकार बनाई सामूहिक रुपमा नाचगान रमाईलो गर्दै खाने परम्परा रहेको पूर्खहरूको भनाई रहेको छ । घर–घरमा गएर मंगल कामनाको पाठ गर्दै शुरु गरेर यसै परम्परासँग सम्बन्धित गीत गाउँदै माग्ने गर्दछ ।

घर मालिकले आफ्नो घरमा पाल्नु भएका पाहुनाहरू सबै जनालाई खादा लगाई स्वागत गरी आफ्नो गच्छे अनुसार दान दिने गर्दछ । घर मालिकले दान दिएपछि अर्शिवाद र शुभकामना दिने यसको छुट्टै मौखिल परम्परा रहेको छ । अन्तमा खुश्यालीका साथ परम्परागत नाचगान गर्दै यो पर्व मनाउँने गरेको पाईन्छ ।

पछिल्लो दिनमा यो पर्व हराउँदै गए पनि ह्योल्मो सभ्यताको महत्वपूर्ण सामाजिक सँस्कार एवम् विकासको झलक देखिन्छ । यस कार्यक्रमबाट संकलित अन्न तथा पैसाहरुलाई घर भित्र ल्याउन नहुने कथन रहेको र सोलाई सामाजिक कार्य गर्दा खर्च गरी सदुपयोग गर्ने परम्परा रहेकोछ ।

प्रकाशित मिति : १४ पुस २०७५, शनिबार  १० : १७ बजे