६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

नुवाकोट दुर्घटना पिडितलाई तामाङ समाज अमेरिकाको सहयोग


Ang

१७ पुस २०७५, मंगलबार  

0
Shares

नुवाकोट जिल्लाको दुप्चेस्वर गाउपालिका अन्तर्गत घ्यांगफेदीको ट्रक दुर्घटनामा बाट मृत्यु भएका २२ जनाको पिडित परिवारलाई तामाङ समाज अमेरिकाको तर्फबाट गाउपालिका मार्फत १ लाख रुपैया सहयोग हस्तान्तरण गरिएको छ । उक्त घटनाबाट घाइते भएका उपचारार्थ विभिन्न अस्पतालमा रहेका विरामीहरुलाई ४० हजार रुपैया बराबरको लात्ता कपडा उक्त वडाका समाजसेवी नरेश तामाङ मार्फत हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

घेवाबाट घर फर्किदै गरेको ४० जना बोकेको उक्त ट्रक दुर्घटनाग्रस्त भइ सडकबाट ५सय मिटर तल खस्दा घटना स्थलमै २० जनाको मृत्यु भएको र २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । उक्त घटना पश्चात ट्रकको चालक तथा सह-चालक फरार रहेको र उक्त ट्रकलाई यात्रु ओसार पसारको लागि समेत अनुमति नभएको हुदा मृतक तथा घाइतेको लागि विमाको अभावमा क्षतिपुर्ति तथा उपचारको व्यबस्था गर्न नसक्ने अवस्थामा गाउापालिका तथा सम्बन्धित वडाले सहयोगको लागि आव्हान गरेको थियो ।

उक्त आब्हान पश्चात तामाङ समाज अमेरिकाले गाउपालिका तथा समाजसेवी नरेश तामाङ मार्फत प्रत्यक्ष रुपमा उक्त घटनाबाट पिडित व्यक्तिहरुलाई सहयोग प्रदान गरिएको छ ।
दुर्घटनामा दिवंगत हुनुभएका मृत आत्माको चिर शान्तिको कामना गर्दै पिडित परिवारप्रति तामाङ सामज अमेरिका हार्दिक समवेदना प्रकट गर्दै उपचार्रथ विभिन्न अस्पतालमा रहनु भएका विरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७५, मंगलबार  ११ : ४३ बजे