१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शिव शर्मालाई नेजा सामुदायिक पत्रकारिता पुरस्कार


१९ बैशाख २०७६, बिहिबार  

0
Shares

नेपाल अमेरिका पत्रकार संघ नेजा पत्रकारिता पुरस्कार शिव शर्मालाई प्रदान गरिने भएको छ ।

शर्माको अमेरिकाको ग्याँस स्टेसनमा जोखिम बन्दुकको निसानामा नेपाली विषयमा गरिएको फिचर रिपोर्टलाई उत्कृष्ठ छनौट गर्दै नेजा पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको नेजाले जनाएको छ । पुरस्कार यही मे ५ तारिखमा टेक्सासको डयालास्मा आयोजित नेजाको साधारणसभामा प्रदान गरिने नेजाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पुरस्कारको राशी एक हजार एक सय ११ अमेरिकी डलर र प्रमाणपत्र रहेको छ । नेजाले अमेरिकी नेपाली समुदायमा नेपाली पत्रकारले लेखेको खोजमुलक समाचारहरुमध्येबाट उत्कृष्ट हुनेलाई नेजा पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार छनौटका लागि नेजाका महासचिव किरण मरहट्ठाको संयोजकत्वमा ज्योति देवकोटा र होमप्रसाद लम्साल रहेको ३ सदस्यीय समिति गठन गरेको थियो । समितिले सामाजिक बिषयबस्तुलाई केन्द्रबिन्दु बनाएर लेखिएका समाचार, फिचर सहित पुरस्कारका लागि आवेदन दिन आव्हान गरेको थियो ।  छनौट समितिले प्राप्त एक दर्जन आवेदनहरुको अन्तिम छनौटका लागि निर्धारण गरिएको विभिन्न मापदण्डको आधारमा शर्माको फिचर रिपोर्ट उत्कृष्ट ठहरिएको जनाएको छ ।

शर्मा लामो समयदेखि कान्तिपुर दैनिकसंग आवद्ध रहँदै आएका छन । हरेक दुई बर्षमा वितरण गरिने नेजा पत्रकारिता पुरस्कार यस अघि मनोज अधिकारी र दिनेश कार्कीको संयुक्त लेखले प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ११ : ०५ बजे