१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

वेलयतबासी प्रोफेसर डा शर्माद्धारा महासचिवमा उम्मेद्धवरी दिने


Ang

३१ भाद्र २०७६, मंगलबार  

0
Shares

गैरआवासीय नेपाली संघ ( एनआरएनए) को आगामी अक्टुबरको १५ देखि १७ सम्म काठमाडौमा हुन लागेको सम्मेलनमा बेलयतबासी डा. हेमराज शर्माले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । बेलायतको प्रतिष्ठित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक शर्माले आफनो ज्ञान र अनुभवलाई गैरआवासीय नेपाली अभियानमा लगाउने बताए ।

‘यो अभियानमा अनुभवी व्यक्तिको आवश्यकता महसुर गर्दै अग्रज र साथीहरुको आग्रहमा उम्मेदवार बन्न लागेको छु’, उनले भने । गैरआवासीय नेपाली संघ र आम गैरआवासीय नेपालीहरु बिचको कनेक्टिभिटी कम हुदै जानु चुनौति भएको बताउदै आफु यसलाई कम गराउन लाग्ने समेत बताए । नागरिकता, सम्पत्तीको अधिकार लगायतका चासोका बिषयहरुमा सही सन्देश पुग्न नसकेकोले यसमा काम गर्नु पर्ने उनले बताए । भिजन मात्र होइन स्किल सहित काम गर्नको लागि आफु महासचिवको उम्मेदवार बन्न लागेको डा शर्माले बताए । उनी कुमार पन्तको समुहबाट उम्मेद्धवरी दिने भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ३३ बजे