१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

तामाङ समाज अमेरिकाको प्रथम साधारण सभा सम्पन्न


८ आश्विन २०७६, बुधबार  

0
Shares

न्युयोर्क । तामाङ समाज अमेरिकाको प्रथम साधारण सभा सम्पन्न भएको छ । सेप्टेम्बर २२ का दिन न्युयोर्कको उडसाइडमा आयोजित कार्यक्रम समाजकी  अध्यक्ष सानुमाया तामाङले छ्युमे बालेर उद्घाटन गरेकी थिइन् ।

साधारण सभालाई समाजका संरक्षक एवं स्थानीय एल्म्हर्स्ट हस्पिटलका बोर्ड सदस्य लुईसाङ वाईबा तामाङ, अर्का संरक्षक शान्त बाबु थोकर, तामाङ बौद्ध तथा सांस्कृतिक केन्द्रका अध्यक्ष ईन्द्र तामाङ र गैर आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय उपाध्यक्ष बाबुराम लामाले सम्बोधन गरे ।

बैठकले संस्थाकी अध्यक्ष तामाङले प्रस्तुत गरेको संस्थाको भावी योजना तथा कार्यक्रम सम्बन्धी प्रतिवेदनलाई सर्बसम्मत रुपमा अनुमोदन गरेको छ । त्यसै गरी संस्थाका महासचिव बुद्धिमान तामाङले प्रस्तुत गरेको वार्षिक प्रतिवदन परिमार्जनसहित पारित भएको छ भने कोषाध्यक्ष फुरु लामाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई समेत परिमार्जनसहित साधारण सभाले अनुमोदन गरेको छ ।

यस प्रथम साधारण सभाले संस्थाको विधानलाई आवश्यक परिमार्जन गर्दै कार्यकारिणी बोर्डमा केही फेरबदल गरेको समाजका नव-निर्बाचित महासचिव विनिता तामाङले प्रेस बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

समाजको वर्तमान कार्यकारणी बोर्डमा को को?

  • अध्यक्ष – सानुमाया तामाङ
  • वरिष्ठ उपाध्यक्ष – सुमित्रा योन्जन
  • उपाध्यक्ष – बुद्धिमान तामाङ
  • महासचिव – विनिता तामाङ
  • सचिव – रोजबहादुर घिसिङ
  • कोषाध्यक्ष – तुलबहादुर तामाङ
  • सह-कोषाध्यक्ष – सजुन थोकर

बोर्ड अफ डिरेक्टरस्:

  • फुरु लामा
  • विष्णु तामाङ
  • अरुणा रुम्बा
  • रिनु तामाङ
  • युनिशा थिङ
  • सुरेन्द्र तामाङ
  • दिलमाया तामाङ
  • राजु ब्लोन
  • दिपेनशा लामा
  • नरराज (चन्द्र) लामा
  • सन्तबहादुर तामाङ
  • कुङ्गा दोर्जी लामा

संरक्षक समिति

  • लुईसाङ वाईबा तामाङ
  • शान्त बाबु थोकर

 

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ८ : ५१ बजे