८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चिनियाँ राष्ट्रपति सी काठमाडौंमा, समकक्षी भण्डारीले गरिन् स्वागत


२५ आश्विन २०७६, शनिबार  

0
Shares

काठमाडौंं: चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता सम्पन्न गरी राष्ट्रपति सी आज काठमाडौं आएका हुन् ।

एयर चाइनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरिन् । सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद् सदस्यहरु लगायत उच्च पदस्थ अधिकारीहरु पुगेका थिए ।

सीलाई विमानस्थलमा नै राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरियो ।

सी विमानस्थलबाट ताहाचलस्थित सोल्टी होटल जानेछन् । केही बेर विश्रामपछि सी राष्ट्रपति भवन शितल निवास पुग्नेछन् । शितल निवासमा राष्ट्रपतिसँग भेटपछि उनी सोल्टी होटल फर्कनेछन् । त्यहाँ राष्ट्रपति भण्डारीले सीका लागि ‘स्टेट डिनर’ को आयोजना गरेकी छिन् । आजै कांग्रेस सभापति शेर बहादुर देउवासँग सीले भेट गर्ने बताइएको छ ।

आइतवार बिहानै सोल्टीमा सीसँग पुष्पकमल दाहाल प्रचण्ड सँग भेट गर्नेछन् ।

आइतवार सी र प्रधानमन्त्री ओलीबीच द्विपक्षीय भेट हुनेछ ।यस्तै, दुवै राष्ट्रको प्रतिनिधिमण्डल सहित वार्ता हुने र त्यस क्रममा त्यसक्रममा नेपाल र चीनबीच द्विपक्षीय सन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । सी आइतबार दिउँसो चीन फर्किनेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ५ : ४४ बजे