१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मोरङमा छ महिनामा बत्तीस बलात्कारका घटना 


८ असार २०७४, बिहिबार  

0
Shares

विराटनगर । पछिल्लो छ महिनाको अवधिमा मोरङमा ३२ वटा बलात्कारका घटना भएको अनौपचारिक सेवा केन्द्र (इन्सेक) विराटनगरले जनाएको छ ।

बुधबार सन् २०१७ का घटनालाई समेटेर नेपाल मानवअधिकार वर्ष पुस्तक–२०१८ प्रकाशन गर्ने क्रममा प्राप्त सुझावलाई समेटने उद्देश्यले आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । मोरङमा एक १४ वर्षीया बालिकासँग सामूहिक बलात्कार भएको र यसका साथै छ महिनाको अवधिमा २६ बालिका र छ महिलासँग बलात्कार भएको सो संस्थाकी मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईले बताइन् ।

प्रकाशित मिति : ८ असार २०७४, बिहिबार  ५ : १० बजे