७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बन्ने भयो बागमती गाउँपालिकाको आफ्नै भवन, लागत करिब ११ करोड


२९ मंसिर २०७६, आइतबार  

0
Shares

प्रकाश थिङ/ललितपुर

ललितपुरको बागमती गाउँपालिकाको आफ्नै भवन निर्माण हुने भएको छ । गाउँपालिकाक‍ वडा नं. ३ स्थित भट्टेडाँडाँमा बन्न लागेको भवनको प्रदेश ३ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले आइतवार भवनको शिलान्यास गरे ।

गाउँपालिकाको कार्यालय भवनको शिलान्यास गर्दै मन्त्री जमकट्टेलले गाउँपालिकाको  भवन निर्माण भएपछि जन्तालाई सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरे । स्थानीय सरकार सेवाग्राहीको नजिकको सरकार भएकाले गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने भन्दै जमकट्टेलले तीनै तहको सरकारमध्ये स्थानीय तह सेवा प्रवाह गर्ने नजिकको सरकार भएको र ललितपुरको एउटा भाग शहर छ भने आदि ललितपुर कर्णाली रहेकोले त्यसमा पनि बागमतीको क्षेत्र पनि ठूलो रहेको ले यो ठाउँको विकासको लागि प्रदेशले उच्च प्राथमिक्तामा राख्ने वाचा गरे । गाउँपालिकाले विस्तृत परियोजना  प्रस्ताव ( डिपिआर) सहित प्रदेश सरकारमा आए प्रदेश सरकारले गाउँपालिकाको  भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने उनले स्पष्ट पारे । छपेलीमा बन्ने भवनको निर्माण जिम्मा ट्रयु बिल्ट इन्जिनियरिङ  कन्सल्टेन्टले पाएको छ भने भवनको निर्माण लागत करिब ११ करोड तोकिएको छ । भवन निर्माणको अन्तिम मिति २०७८ जेठ १३ गतेलाई तोकिएको छ ।

आफ्नो  भवनको अभावमा सेवा प्रवाहमा समस्या भइरहेका बेला  गाउँपालिकाले कार्यालय भवन निर्माणलाई उच्च प्राथमिकता दिएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य चेतनाथ सञ्जेलले आफू पनि आफ्नो क्षेत्रमा पालिकाको निजी भवन बन्ने भएकोमा खुसी हुदै अरु सहयोगको लागि पहल गर्ने बताए । प्रशासकिय अधिकृत युवराज आचार्यले गाउँपालिकाको  भवन निर्धारित समयभित्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई सबै पक्षबाट साथ र सहयोग गर्न सबैमा आग्रह गरे । पूर्व अर्थ राज्य मन्त्री उदय शमशेर राणा, नेपाली काँग्रेस ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य, गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरे, गाउँपालिकाका सातवटै वडाका वडाध्यक्ष र स्थानीय राजनीतिक दलका प्रतिनिधिले स्थानीय तहको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षमै गाउँपालिकाको आफ्नो भवन  निर्माणको शिलन्यास  हुनु खुसीको कुरा हो  निर्माण व्यवासायिलाई  भवन निर्माणका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्नुपर्ने र निर्माण व्यवसायीले पनि निर्धारित समयसीमाभित्र  काम सम्पन्न गरेर समाजमा उदारणीय बन्न आग्रह गरे ।

उक्त भवन गाउँपालिकाको आफ्नै आन्तरिक स्रोत र जिल्ला समन्वय समिति ललितपुरको बजेटबाट भवन निर्माण हुन लागेको हो । भट्टेडाडाँमा  गत वर्ष गाउँपालिकाको  भवन निर्माणका लागि सात रोपनी जग्गा गाउँपालिकाले किनेको थियो । गाउँपालिका प्रमुख वीरबहादुर लोप्चानले निर्धारित समयभित्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई सबै पक्षबाट साथ र सहयोग गर्न सबैमा आग्रह गरे ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : २४ बजे