१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएन अमेरिकाको निर्वाचन अगष्ठको पहिलो साता


Ang

१५ असार २०७४, बिहिबार  

0
Shares

एभरेष्टटाइम्स
न्युयोर्क- एनआरएन एनसिसि अमेरिकाको आगामी नया नेतृत्वको निर्वाचन अगष्टको पहिलो साता  हुने भएको निर्वाचन कमिटिले जनाएको छ । सदस्यता छानवीन समितिले निर्वाचन कमिटि समक्ष दिएको सदस्यहरुको नामवालीमा अझै पनि केही समास्याहरु देखिएकोले जुलाईको २१ र २२ मा हुने भनिएको निर्वाचन आगामी अगष्टमा हुन लागेको निर्वाचन कमिटिको सदस्य विश्व बरालले बताए ।  ‘ विगतको निर्वाचनमा देखिएको समास्यालाई मध्यनजर गरि व्यवस्थित र प्रक्रियागत रुपमा निर्वाचन सम्पन्न गराउनका लागी ढिलाई भएको हो ‘ सदस्य बरालले भने-‘ हामीले यो हप्ताभित्र सदस्य छानवीनको समास्या टु्रग्याउन सकेको भए यही जुलाईको २१ र २२ मा गर्न सक्थ्यो तर समाधान हुन नसकेकोले अब अगष्टको पहिलो हप्तामा हुने भएको छ ‘ ।

उनका अनुसार सदस्य छानवीन समितिले निर्वाचन कमिटिलाई दिएको नामवाली सुचीमा एकै व्यक्तिको इमेलबाट १९ जनासम्मले सदस्यता बनाएको र एकै मान्छेले दोहोराएर सदस्य बनाएको प्रविधिक समास्याहरु देखिएकोले सकेसम्म विवाद नहोस भनेर यस्तो समास्यालाई समाधान गरेर मात्र निर्वाचन प्रक्रियामा जानका लागी ढिलाई भएको हो । यस्तो सदस्यता समास्या टेक्सास, क्यालिफोर्निया,न्युयोर्क लगायत अन्य राज्यहरुको रहेको छ ।

उनका अनुसार १४ हजार ४ सय ८५ मा घटने होइन बढन सक्ने संभवना देखिएको छ । सदस्यहरुको समास्या समाधान भएको वितिकैै कमिटिले निर्वाचनको कार्यक्रमहरु अघि बडाउने भएको छ । विगतमा सिम्पली भोटिङको सिष्टमबाट बदनाम भएपछि यस पटक इलेक्सनबडी भन्ने माध्यामबाट निर्वाचन गराउने भएको छ । यस पटक पनि निर्वाचन कमिटिले हरेक मतदातालाई इमेल पठाएर त्यही अनुसार मतदान गर्न पाउने छ । यस पटक पनि निर्वाचन कमिटिले हरेक मतदातालाई इमेल पठाएर त्यही अनुसार मतदान गर्न अवसर दिने भएको छ । निर्वाचन कमिटिमा बन्दीता दाहाल, विश्व बराल, भुवन गुरुङ र अन्जन श्रेष्ठ रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार  २ : ५४ बजे