७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

न्युयोर्कमा ल्होसार गुथुक खाँदै शेर्पा भाषाको कविता वाचन र सेब्रु प्रतियोगिता


Ang

११ फाल्गुन २०७६, आइतबार  

0
Shares

शेर्पा समुदायको महान चाड २१४७ औ चिवा ग्याल्बो ल्होसार आगमानको स्वागतसंगै न्युयोर्कमा शेर्पा किदुगले ल्होसार विशेष कार्यक्रम गुथुक साझ कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा शेर्पा भाषामा गीत तथा कविता वाचनसंगै अमेरिकामा जन्मेका शेर्पा बालबालिकाहरु वीच शेर्पा नृत्य सेब्रु प्रतियोगिता भएको थियो । किदुगको प्रवक्ता तथा सास्कृतिक विभागका संयोजक फारा देण्डी शेर्पाको संयोजन तथा विशेष सहयोगमा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा धर्मगुरु टुल्कु र विशेष अतिथिको रुपमा धर्म गुरुहरु आचार्य ङवाङ सांगे शेर्पा, रिग्सुङ लोप्टाका प्रमुख प्रशिक्षक लोपेन गिर्मि छोढक, डा युला शेर्पा र शेर्पा संघ अमेरिकाको अध्यक्ष निमा शेर्पा थिए । कार्यक्रम किदुगको अध्यक्ष उर्गेन शेर्पाको सभापतित्वमा भएको थियो ।

प्रतियोगितामा रिक्सुङ लोप्टाका बालबालिकाहरु फष्ट रनर भएका थिए भने सेकेण्ड रनरमा श्यामा दोलखा शेर्पा किदुगका बालबालिका भएका थिए । त्यस्तै तेस्रोमा श्यामा किदुग र चौथोमा रिग्सुङ लोप्टा भएका थिए ।

प्रतियोगितामा विजयी समुहलाई धर्म गुरु लामा टुल्कु र किदुगका अध्यक्ष उर्गेन शेर्पाले प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा ५ विभिन्न समुहले भाग लिएका थिए । उक्त कार्यक्रममा शेर्पा भाषाबाट कविता र गीत वाचन गरिएको थियो ।

एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पा, शेर्पा किदुगका पूर्व महासचिव आङजाङबु शेर्पा, स्यामा किदुगका अध्यक्ष एपी लामा शेर्पाले कविता वाचन गरेका थिए भने शेर्पा संघ अमेरिकाको बरिष्ठ उपाध्यक्ष लाक्पा देण्डी शेर्पाले गीत वाचन गरेका थिए ।

कार्यक्रममा खचाखच दर्शकहले भरिएको थियो । यस पटकको गुथुक कार्यक्रममा किदुगका प्रवक्ता तथा सस्कृतिक विभागको संयोजक फारा देण्डी शेर्पाको खर्चमा भएको थियो । कार्यक्रमको लागी उनले २२ सय डलर खर्च गरेको जनाएको छ । पासाङ पुटि शेर्पा र ङमिा शेर्पाले शेर्पा भाषाबाट कार्यक्रम सञ्चालन गरेका कार्यक्रम निकै रोचक थिए ।

 

तस्विरहरु देण्डी शेर्पा

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ११ : ५६ बजे