६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कोरोना भाइरसका कारण न्युयोर्कमा विद्यालय बन्द


Ang

३ चैत्र २०७६, सोमबार  

0
Shares

न्युयोर्क– कोरोना भाइरसको संक्रमण फैलन थालेपछि न्युयोर्क सिटिका सबै विद्यालय सोमबारदेखि बन्द गरिएका छन् । न्युयोर्क सिटिको मेयर बिल दि ब्लाजिओका अनुसार न्युयोर्कमा संक्रमित बढ्न थालेपछि मार्च १६ तारिख सोमबारदेखि अप्रिलको २० तारिखसम्मका लागि बन्द गरेको मेयर ब्लाजिओले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

‘संक्रमण बढ्न थालेपछि सर्वसाधारणको चासो र माग बमोजिम विद्यालय गर्न पुगेको हो’ मेयर ब्लाजिओले बताए । उनका अनुसार सिटिले यो अवस्थामा पहिलो प्रयास स्वरुप अप्रिलको २० तारिख सोमबारबाट विद्यालय सुरु गरिने छ । न्युयोर्कमा ७ सय २९ जना कोरोना भाइरसको संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या ५ पुगेको जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ५ : १० बजे