७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

न्युयोर्कमा विद्यार्थीलाई खानाको व्यवस्थासँगै अनलाइन कक्षा


Ang

७ चैत्र २०७६, शुक्रबार  

0
Shares

न्युयोर्क– कोरोना भाइरसका कारण बन्द भएको कलेजको कक्षा अनलाइनबाट शुरु भएसँगै सबै सरकारी विद्यालयहरुको पढाई पनि अनलाइनबाट हुने भएको छ ।

कोरोना भाइरस रोग नियन्त्रणको लागी सरकारले गत सोमबारदेखि विद्यालय र कलेजहरु एक महिना भन्द लामो समयका लागि बन्द गरिएको छ ।

आगामी अप्रिल २० तारिखसम्मको लागी बन्द भनिएको न्युयोर्कका सरकारी विद्यालयहरुमा यही सोमबारदेखि गुगल अनलाइन कक्षा शुरु हुन लागेको विद्यालयले जनाएको छ ।

विद्यालय बन्द भएपनि विद्यार्थीहरुको लागी सरकारले भने विहिबारदेखि घरमा लैजान मिल्ने गरि विहानी खाजा र दिउँसोको खानाको व्यवस्था गरेको छ ।

शिक्षा विभागले घरबाटै अनलाइन कक्षा लिइरहेको विद्यार्थीहरुको आवश्यक्ता अनुसार आइप्याड समेत उपलब्ध गर्ने भएको छ । त्यसको लागी विद्यार्थीको अभिभावकहरुले रिमोट लनिङ डिभाइस रिक्वइष्ट फारम भर्नु पर्ने उल्लेख गरिएको छ ।

डिभाइसको लागी यो लिंकमा https://www.schools.nyc.gov/school-life/health-and-wellness/coronavirus-update जानु पर्ने छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : ५५ बजे