१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

अमेरिकामा प्रतिपरिवार १२ सय डलर राहत


Ang

१५ चैत्र २०७६, शनिबार  

0
Shares

न्युयाेर्क- कोरोना भाइरस महामारीले अस्तव्यस्त बनेका अमेरिकी जनताका लागि सरकारले २ दशमलव २ टि्रलियन डलर छुट्टयाएको छ । कोरोना महामारीका कारण बेरोजगार जनताको लागि सरकारले अहिलेसम्मकै ठूलो राहतको व्यवस्था गरेको जनाएको छ ।

यो सहयोग रकम माथिल्लो सभाले पास गरेपछि शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्तक्षर गरेका छन् । यस अनुसार अमेरिकामा कर तिर्दै आएका प्रति परिवारलाई १२ सय डलर र प्रति बच्चा ५ सय डलरका दरले राहत दिइनेछ । यो रकम अप्रिल ६ तारिखभित्र घरघरमा आइपुग्ने भएको छ ।

सरकारले ५ सय मिलियन डलर अमेरिकी परिवारको लागि, त्यस्तै साना व्यवसायीलाई ऋण सुविधाका लागि ५ सय मिलियन डलर र राहत कोषका लागि १ सय ५० मिलियन डलर छुट्टयाएको जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ४ : ०१ बजे