६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

नेपालमा कोरोना संक्रमित २० हजार नाघ्यो



काठमाडौं पछिलिलो २४ घण्टामा नेपालमा ३१५ कोरेना संक्रमित थपिएका छन् यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूलसङ्ख्या २० हजार ८६ पुगेको

सरकारले बन्दाबन्दी(लकडाउन)को अन्त्य भएको घोषणा गरेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको बन्दाबन्दीको अन्त्य भएपछिको ११ दिनमा सङ्क्रतिको सङ्ख्या . प्रतिशतले बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको

लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८७७ नमूना परीक्षण गर्दा . प्रतिशत अर्थात् एक हजार ३४५ जनामा सङ्क्रमणदेखिएको थियो त्यस्तै लकडाउन खुलेपछिको ११ दिनमा ५८ हजार १७४ नमूना परीक्षण गर्दा दुई हजार ९२ जनामा सङ्क्रमण पुष्टिभएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए सरकारले यही साउन गते मध्यरातदेखि बन्दाबन्दीको अन्त्यभएको घोषणा गरेको थियो

पछिल्लो २४ घण्टामा नेपालमा हजार ९९३ नमूना परीक्षण गर्दा थप ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयकाअनुसार आज सबैभन्दा बढी कैलालीमा ८९ जनामा सङ्क्रमण देखिएको यस्तै बझाङमा ६८, पर्सामा ६६, अछाममा २८, इलाममा२२, कञ्चनपुरमा नौ, सप्तरीमा सात, सिरहा काठमाडौँमा पाँच÷पाँच, मोरङ, झापा, रामेछाप रुपन्देहीमा दुई÷दुई, सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की सल्यानमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको

सङ्क्रमितमध्ये हालसम्म ७२. अर्थात् १४ हजार ४९२ जना कोरोनामुक्त भईडिस्चार्जभएका छन् पछिल्लो २४ घण्टामा ९३ जनाडिस्चार्ज भएको मन्त्रालयले जनाएको प्रदेश नं को भोजपुर सङ्खुवासभा तथा गण्डकी प्रदेशको मनाङ मुस्ताङमा कोरोनाकासक्रिय सङ्क्रमित छैनन्

हालसम्म प्रदेश नं बाट ८५६, प्रदेश नं बाट तीन हजार १४९, वाग्मती प्रदेशबाट ५३२, गण्डकी प्रदेशबाट एक हजार २५६, प्रदेश नं बाट तीन हजार ९७१, कर्णाली प्रदेशबाट एक हजार ७१८ सुदूरपश्चिम प्रदेशबाट तीन हजार १० कोरोनालाई जितेर घर फर्केका छन् पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन नेपालमा हालसम्म कोरोनाका कारण ५६ जनाले ज्यान गुमाएका छन् पाँच हजार ३३८ सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रदेश नं को रौतहट सुदूरपश्चिम प्रदेशको कैलालीमा अझैपनि ५०० बढी सक्रिय सङ्क्रमित उपचार गराइरहेका छन्

सरकारले पिसीआर परीक्षणको सङ्ख्या वृद्धि गरेपछि क्वारेन्टिनमा बस्ने व्यक्तिको सङ्ख्या पनि घटेको अब क्वारेन्टिनमा ११ हजार५२३  रहेका छन् प्रदेश नं मा एक हजार २५४, प्रदेश नं मा एक हजार ५७३, वाग्मती प्रदेशमा ८५२, गण्डकी प्रदेशमा दुई हजार९५३, प्रदेश नं मा एक हजार ५३६, कर्णाली प्रदेशमा ४४३ सुदूरपश्चिम प्रदेशमा दुई हजार ९२२ क्वारेन्टिनमा रहेका छन्

सरकारले समुदायमा कोरोना फैलन नदिन विदेशबाट फर्किएका व्यक्तिलाई क्वारेन्टिनमा राख्दै आएको निश्चित समयक्वारेन्टिनमा बसेपछि स्वाबको नमूना परीक्षण गरेर नतिजानेगेटिभआएमा होम क्वारेन्टिनमा बस्न आग्रह गर्दै पठाउने गरेको हालसम्म तीन लाख ८२ हजार ४९० नमूना आरटीपिसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको शुक्रबारअहिलेसम्मकै सर्वाधिक १० हजार नमूना आरटीपिसीआर विधिबाट परीक्षण गरिएको थियो

विश्वव्यापी महामारीको रूप लिएको कोभिड१९ बाट हालसम्म विश्वभर एक करोड ७७ लाख ७१ हजार ३०८ सङ्क्रमित भएकाछन् सङ्क्रमितमध्ये लाख ८३ हजार २६६ जनाले ज्यान गुमाएका छन् भने एक करोड ११ लाख ६७ हजार ८३९ कोरोनामुक्त भएकाछन्

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ८ : ३५ बजे