१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोना भाइरस: केही देशका झलकहरु



न्युयोर्क (एजेन्सी) । न्युजिल्यान्डमा बिहीबार कोभिड १९ को सङ्क्रमण तीन जनामा देखिएको छ । एक जना बाहिरबाट आएका व्यक्ति भने दुई जना समूदायभित्रका रहेका बताइएको छ ।
दक्षिण कोरियामा गत २४ मा १४३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सङ्क्रमतिको संख्या २७ हजार ९४२ पुगेको छ ।

इजरायलमा गत २४ घण्टमा ५७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको संख्या ३ लाख २१ हजार २३५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । इजरायलमा गत २४ घण्टामा कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएपछि मृतकको संख्या २ हजार ६९९ पुगेको छ ।

इटालीमा कोरोना भाइरस सङ्क्रमितको संख्या १० लाख नाघेको यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । इटालीमा एकै दिनमा करिब ३३ हजार सङ्क्रमित भेट्टिएपछि यहाँ कुल सङ्क्रमितको संख्या १० लाख २८ हजार ४२४ पुगेको छ ।

स्पेनमा कोरोना भाइरस सङ्क्रमणको कारण ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा स्पेनमा ३४९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ४० हजार १०५ पुगेको छ । त्यसैगरी स्पेनमा एकै दिनमा १९ हजार ९६ जना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमतिको संख्या १४ लाख १७ हजार ९६ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ ।

विश्वभर पाँच करोड १९ लाख ७५ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरिएको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ३८ लाख चारहजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने भारतमा ८६ लाख ३६ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् ।

अमेरिका र भारतपछि बढी सङ्क्रमित भएका मुलुकहरूमा क्रमशः ब्राजिलमा करिब ५७ लाख, फ्रान्समा १९ लाख १४ हजार, रूसमा १८ लाख, स्पेनमा १४ लाख, अर्जेन्टिनामा १२ लाख, बेलायतमा १२ लाख र कोलम्बियामा ११ लाख र इटालीमा १० लाखभन्दा बढी सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १० : ४३ बजे