१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अमेरिकामा कोरोना खोपलाई अनुमति



काठमाडौँ । अमेरिकाको खाद्य तथा औषधी प्रशासनले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार केही दिनमा अमेरिकामा कोरोना खोप वितरण सुरु हुनेछ । यसअघि चिकित्सकहरुको २३ सदस्यीय कार्यदलले एफडीएलाई फाइजर–बायोएनटेकको कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको थियो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिम समूहमा रहेकालाई कोरोना खोप दिइने बताइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारी गर्दै २४ घण्टाभित्र कोरोना खोप प्रयोगमा आउने बताएका छन् । ९ महिनाभित्रै कोरोना खोप निर्माण हुनु विज्ञानमा चमत्कार भएको उल्लेख गर्दै ट्रम्पले सबै अमेरिकी नागरिक कोरोना खोप नि:शुल्क रुपमा वितरण गरिने बताएका छन् ।

यसअघि बेलायत र क्यानडाले अनुमति दिई सकेते छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  २ : २५ बजे