१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

अमेरिकी संसद भवनमा तोडफोड, एकको मृत्यु



काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम बिरुद्ध गरिएको प्रदर्शन हिंसातिमक बनेको छ । राजधानी वाशिङ्टन डिसीमा हिंसा भड्क्ोए पछि कर्फ्यू लगाइएको छ भने गोली लागेका एक महिलाको मृत्यु भएको छ ।

वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको बेला बाहिर हिंसा भड्क्एको हो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो ।

प्रदर्शनकारी संसद भवन भित्रै प्रवेश गरे र अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गर्न थाले । यसै क्रममा हिंसा सुरु भयो । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेशनल गार्डस् एक्सनमा उत्रियो । प्रदर्शन गर्ने एक महिलालाई गोली लाग्यो । ती महिलाको अस्पतालमा मृत्यु भयो । उनको परिचय भने खुलेको छैन ।

करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा भएको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी भइरहेको छ ।

सामाजिक सन्जालहरु फेसबुक, ट्वीटर र युट्युवले ट्रम्पको भिडियो हटाएको छ । अधिकांशले ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ९ : ४१ बजे