६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

भ्रमण मापदण्ड खुकुलो बनाउन अनुरोध



काठमाडौं । नेपाल पर्यटन वोर्डको संयोजनमा पर्यटन संबद्ध विभिन्न संघसंस्थाको नेतृत्वले सोमबार गरेको छलफलले सरकारलाई भ्रमण मापदण्ड खुकुलो बनाउन अनुरोध गरैको छ । त्यसमा सबै नाकाहरुमा अनएराइभल भिषा दिन, हवाई यात्रुलाई ९६ घण्टाभित्र गरिएको पीसीआर परीक्ष नेगेटिभ आएमा स्वीकार गर्न तथा पाँच वर्ष भन्दा तलका बालबालिकालाई पीसीआर अनिवार्य नगर्न सुझाइएको छ ।

अनुरोध निम्न अनुसार छन्:

मिति २०७७/१०/०४ गते बसेको नेपाल पर्यटन बोर्ड तथा पर्यटन सम्बद्ध संघ संस्थाहरुले Visitors Protocol सम्बन्धमा बृहत छलफल गरेको छ । बिद्यमान मापदण्डले नेपालको पर्यटन क्षेत्रको छवि अझ खस्किएको र अन्तर्राष्ट्रिय संचार माध्यम र tour/travel agency ले समेत नेपाल आगामी tourism season का लागि बन्द भएको समाचार सम्प्रेषण गर्ने देखिएकोले यथाशिघ्र केहि शर्तहरु पुनरावलोकन गर्न जरुरी देखिन्छ ।

यसै सम्बन्धमा निम्नअनुसारका निर्णय गर्न श्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरिन्छ ।

निर्णयहरु

१. हवाई मार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट Visa on Arrival सेवा सुचारु गर्ने ।

२. हवाई मार्गबाट नेपाल भित्रिने यात्रुहरुको हकमा हवाई यात्रा प्रारम्भ हुने पहिलो प्रस्थानविन्दु (first point of embarkation) बाट ९६ घण्टाको अवधिमा गरिएको COVID-19 Negative Report अनिवार्य भएको हुनु पर्ने, तर पाँच वर्ष मुनिका बालबालिकाको हकमा यो नियम लागु नहुने।

३. भारतीय बाहेक अन्य मुलुकका यात्रुहरुले नेपाल आई पुन COVID-19 को चेक गर्नुपर्ने र सो Report Negative आएको खण्डमा क्वारेन्टाइनमा बस्न नपर्ने । यात्रूहरु को Swab संकलन त्रिभूवन अन्तरास्ट्रिय विमानस्थलमा हुने र २४ घण्टा भित्र PCR Report दिने व्यवस्था मिलाउने।

४. भारतीय नागरिक को हकमा “Nepal-India Travel Bubble” agreement अनुसार नियम अथावत रहने ।

५. भारतसँग जोडिएका सम्पूर्ण नाकाहरु खुल्ला गरि स्थलमार्ग बाट निजी तथा पर्यटकीय सवारीसाधन लिएर नेपाल भित्रिने भारतीय तथा अन्य मुलुकका यात्रुहरुको लागि 96 घण्टा अवधिमा गरिएको COVID-19 Negative Report भएको हुनुपर्ने ।

६. स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारी साधन लिएर भारतबाट नेपाल भित्रिने अन्य मुलुकका यात्रुहरुले नेपाल आई पुन COVID-19 को चेक गर्नुपर्ने र सो Report Negative आएको खण्डमा क्वारेन्टाइनमा बस्न नपर्ने । यात्रूहरुको swab संकलन नेपाल आएको नाकामा नै हुने र २४ घण्टा भित्र PCR रिपोर्ट दिने व्यवस्था मिलाउने ।

७. COVID-19 को vaccine लगाएका यात्रीहरुको हकमा Vaccination Certificate उपलब्ध गरेको खण्डमा PCR रिपोर्ट नचाहिने, COVID-19 को पुनः नेपालमा PCR टेस्ट गर्न नपर्ने र क्वारेन्टाइनमा बस्न नपर्ने ।

८. नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्य तथा सम्पूर्ण गतीबिधिहरु (होटेल, ट्राभल, ट्रेक्किंग, हाइकिंग, रेस्टुरेन्ट, स्पा, राफ्टिइंग, प्याराग्लlइड़िंग, होमस्टे, एडभेन्चर एक्टिभीटिज, पर्यटकीय सवारीसाधन, पार्टी प्यालेस, रात्रीकालिनलगायतका गतिविधिहरु) पूर्ण रुपमा तोकियाको मापदण्ड अपनाएर सुचारु गर्ने ।

९. पर्यटकको सुविधाका लागि नेपाल भित्र आवश्यकता महसुस गरेमा होटेल र अस्पतालले सहकार्य गरि प्रत्येक प्रदेश मा Covid Care Center संचालन गर्न सक्ने ।

१०. नेपाल भित्रिने सम्पूर्ण यात्रुहरुको अनिवार्यरुपमा Travel Insurance गरिएको हुनुपर्ने ।

११. नेपाल भ्रमणमा आउने पर्यटकलाई भिसा सिफारिस सम्बन्धमा पलना गर्नुपर्ने शर्तहरु:
• भ्रमण तालिका
• नेपाल आगमन हुने मिति
• यात्रा बिमा
• ट्रेकिङको हकमा ट्रेकिङ कम्पनीले तयार पारेको Trekking Itinerary तथा Group Trekking को लागि अन्य शर्तहरु अथावत नै रहनेछ ।
• Tour र rafting को हकमा Travel/Tour/Rafting agency ले तयार पारेको itinerary
• FIT (Free Individual Traveller) को हकमा थप Hotel booking confirmation, ट्रेकिङको हकमा ट्रेकिङ कम्पनीले तयार पारेको Trekking Itinerary/गाइड-पोर्टर confirmation

१२. माथि उल्लेखित प्रमाण उपलब्ध गरेको आधारमा अध्यागमन बिभागले सोझै Tourist Visa दिने ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : ०४ बजे