१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल बौद्ध संस्कृतिको अनुपम थलो हो-राष्ट्रपति भण्डारी


१२ श्रावण २०७४, बिहिबार  

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिका अग्रदूत बुद्धको प्रेरणाले हत्या, हिंसाको अन्त्य भएको बताएकी छन् ।
बिहिबार राष्ट्रपति भण्डारीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, ललितपुरले आयोजना गरेको कदरपत्र वितरण समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले हिमाल, तराई र पहाडमा बस्ने सबैको वेशभूषा, परम्परा र  भाषा नै राष्ट्रिय गौरव हो र यसले विश्वमा उच्च पहिचान बनाएको धारणा राखिन् ।
राष्ट्रपति भण्डारीले पहिलोपल्ट बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्ने ३९९ व्यक्तिलाई कदरपत्र वितरण गरी सम्मान गरिन् ।
भण्डारीले बौद्ध धर्म दर्शनमा उच्च शिक्षा लिएपछि प्राप्त हुने रिम्पोछे, टुल्कु, आचार्य, खेम्पो, लोप्पेन, घेसे उपाधिबाट सम्मान गरेकी हुन् ।
समारोहमा नेपाल, वर्मा, थाइल्याण्ड, श्रीलंका र भारतबाट सहभागी बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गरेका व्यक्ति उक्त उपाधिबाट सम्मानित भएका थिए ।
राष्ट्रपति भण्डारीले नेपाल बौद्ध संस्कृतिको अनुपम थलो रहेको बताउँदै बुद्धको जन्मथलो लुम्बिनीको बृहत्तर विकासमा सरकार, निजी क्षेत्र र सबै सरोकारवाला एकजुट भई अगाडि बढ्नुपर्ने भनाइ राखिन् ।
नेपालमा बौद्ध शिक्षा दिने चलन २०३६ सालबाट शुरु भएको हो । यहाँस्थित विहार र गुम्बामा निःशुल्क बौद्ध शिक्षाको पढाइ हुन्छ । उच्च शिक्षाका लागि लुम्बिनीमा लुम्बिनी विश्वविद्यालयको स्थापना भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७४, बिहिबार  ६ : ५४ बजे