४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउन सिफारिश



काठमाडौं । सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बोलाउने विषयमा छलफल भएको हो । सर्वोच्च अदालतले यही फागुन ११ गते १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी ओलीको सिफरिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गरेकी थिइन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ४२ बजे