१६ चैत्र २०८०, शुक्रबार | Sat Mar 30 2024

मेट्रो किड्सको फाइनलमा युनाइटेड शेर्पा क्लब दोस्रो


१८ श्रावण २०७४, बुधबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

फिफा अन्तर्गत दर्ता भएको मेट्रो किड्स स्प्रिङ सकर टुर्नामेन्टको फाइनल खेल गत हप्ता सम्पन्न भयो । विभिन्न उमेर समूहमा भएको खेलमा अर्जेन्टिना, चिली, पेरुसँगै नेपालले पहिलोपटक फाइनलमा पुगेर खेलेका थिए । न्युयोर्कको क्विन्सस्थित विगबुस पार्कमा गत जुलाई २९ मा भएको मेट्रो किड्सको फाइनल खेलमा ७ वर्षदेखि १७ वर्षमुनिको खेलाडीबीच प्रतिष्प्रर्धा भएका थिए । उनीहरुमा ७ वर्षसम्मको उमेरलाई यु सेभेन, ८ र ९ वर्षकोलाई युनाइन र १० र ११ वर्षकोलाई युइल्यावेन, १२ र १३ बर्षकोलाई युर्थिर्टन र १४ र १५ बर्षकोलाई युफिपटिन भनेर आ आफनै उमेर समुहमा प्रतिष्प्रर्धा गराएका थिए ।

यसपटक नेपालको प्रतिनिधित्व गदै शेर्पा किदुग अन्र्तगत युनाइटेढ शेर्पा फुटबल क्लब (युएसएफसि)बाट ६० जनाले भाग लिएका थिए । उनीहरुमा ९ वर्षको युनाइन, ११ वर्ष समुहको युइल्वेन र १५ वर्ष उमेर युफिपटीन उमेर समुहको टिमले भाग लिएका थिए । प्रतियोगितामा १५ वर्षको युफिप्टीनको खेल अन्र्तगत लिग खेलमा पहिलो भएको युनाइटेड शेर्पा क्बलले बारबोनसितो सकर क्लबसग दुई गोल गरेर बराबारीमा टुङिगएपछि पेनल्टी भएको थियो । खेल सकिन लाग्दा भएको पेनल्टीमा भने युनाइटेड शेर्पाले गोल हान्न नसकेपछि दोश्रो स्थान हासिल गरेका छन । त्यस अनुसार यस पटकको मेट्रो किडसको फाइनलको दोश्रो स्थानको उपाधी युनाइटेड शेर्पा फुटबल क्लबले पाएका छन ।

त्यस्तै ११ वर्ष उमेर समुहको युनाइनको खेलमा पनि युनाइटेड शेर्पा फुटबल क्लबले बारबोनसितो क्लबसग दोश्रो भएका छन । ७ वर्षको समुह भने फ्रेण्डली म्याचमा मात्र भाग लिएका थिए । खेलमा भाग विजयी खेलाडी र टिमलाई आयोजकले ट्रफी प्रदान गरेका थिए । २० विभिन्न फुटबल क्लबहरु वीच भएको खेलमा प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा युएसएफसि क्लबको ब्राइन शेर्पाले पाएका थिए भने युएसएफसि क्लबका खेलाडीहरुले अनुशासित ढंगले खेलेको भनी पुरस्कार समेत दिएको थियो ।

‘यो मेट्रो किडसमा यतिको राम्रो खेल्न सक्नु भनेको हाइस्कुलतिर पनि यो खेलाडीहरुले खेल्ने सक्ने संभवना देखियो,’ युनाइटेड शेर्पा क्लबको खेल व्यवस्थापक तथा सस्थापक प्रशिक्षक साङबु शेर्पाले भने, ‘अझै सेप्टेम्बर र नोभेम्बर हुने खेलमा च्याम्पीयन जित्ने गरि हामी लाग्ने छौ ।’ उनका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले राम्रो खेलेमा उनीहरुको व्यक्तित्व विकासको साथै शिक्षामा पनि फाइदा पुग्ने छ । शेर्पा किदुगले विगत ५ वर्षदेखिन ६ वर्ष माथि उमेरको फुटबलमा रुचि राख्नेलाई अनुभवी प्रशिक्षकको माध्यामबाट सिकाउदै आएको छ । त्यस अनुसार हरेक हप्ताको शुक्रबार र आइतबार विहान र बेलुकी सिकाउदै आएको छ । ‘हाम्रो समुदायमा एक आपसमा चिनजान र एकताका साथ फुटबलमा खेलमा केही गरौ भन्ने सोचले हामीले तालिम दिइरहेका छौ’ युनाइटेढ शेर्पा क्लबका मेनेजर छिरिङ गेल्जेन शेर्पाले बताए । अहिले क्लबमा उनीसँगै छापाले शेर्पा, कर्मा शेर्पा, दावा शेर्पा रहेका छन । क्लबले नेपाली समुदायलाई लक्षित गरी पाँच वर्षदेखि तालिम गराउदै आएको छ ।

 

 

प्रकाशित मिति : १८ श्रावण २०७४, बुधबार  ७ : ३२ बजे