६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

एनआरएन अमेरिकाको निर्वाचन स्थागित


Ang

२५ श्रावण २०७४, बुधबार  

0
Shares

एनआरएन अमेरिकाको निर्वाचन हुन तीन दिन अगावै टेनिसिस्थित नोक्सभिल अदालतले निर्वाचन समितिलाई तत्काललाई निर्वाचन प्रक्रिया रोक्नु भनी आदेश दिएको छ । समितिले मगलबारनै सबै मतदातालाई सुचना जारी गरि बुधाबारदेखिन बन्द सत्र तोकेर यही ११ र १२ तारिख निर्वाचन गर्नका लागी सबै प्रक्रिया अगाडी बडाइरहेको जनाएको थियो । तर अदालतको निर्देशन लगतै निर्वाचन समितिले पनि अर्को सुचना जारी नभएसम्मको लागी निर्वाचन प्रक्रिया स्थागित गरेको जनाएको छ ।

एनआरएन अमेरिकाको अध्यक्ष पदको उम्मेद्धवर गौरि जोशि र महासचिव पदको उम्मेद्धवर पुर्ण चन्द्र बानियालाई निर्वाचन समितिले उम्मेद्धवर हुन नदिएको भनी अदालतमा उनीहरुले हालेको मुद्धाको कारण तत्काललाई निर्वाचन प्रक्रिया रोकेको अदालतले जनाएको छ । जोशी र बानियाले अदालतमा एनआरएन एनसिसि युएसए, निर्वाचन समिति, बन्दीता शर्मा दाहाल, विश्व बराल, भुवन गुरुङ र अन्जना श्रेष्ठलाई विपक्षी बनाई अदालतमा मुद्धा हालेका छन ।

एनआरएन अमेरिकाको निर्वाचन समितिले एनआरएन एनसिसि अमेरिका र आइसिसिको विधान अनुसार जोशि र बानियाको नाम ननिकालेको जनाएको छ । यता जोशि र बानियाले भने आफुहरु एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेद्धवर हुन योग्य भएको र पर्याप्त प्रमाणहरु हुदा पनि उठन नपाएको भनी कानुनी उपाचारको खोजिमा लागेको बताएका छन ।

विश्वको विभिन्न मुलुकहरुमा अहिलेसम्मकै सबैभन्द धेरै सदस्य संख्या हुन पुगेको एनआरएन अमेरिकाले यो समेत गरि दोश्रो पटक मुद्धा खेप्नु परेको हो । यस अघि निर्वाचन सके लगतै पराजित केही उम्मेद्धवरहरुले एकै व्यक्तिले धेरै मतदाता बनाएर जितेको भनी एनआरएन अमेरिकालाई मुद्धा हालेका थिए । अदालत सामु पुगेको अन्यौलपुर्ण एनआरएन अमेरिकाको निर्वाचन अब कहिले हुन्छ भन्ने थाहा छैन निर्वाचन समितिका एक जना सदस्यले बताए ।

मुद्धा ममलाकै कारण निर्वाचन स्थागित भएपछि करिब १५ हजार मतदाताले आफनो उम्मेद्धवर चुन्नु नपाउनुको साथै आगामी अक्टुबरको दोश्रो साता नेपालमा हुन लागेको आइसिसिको सम्मेलनलाई पनि यसले असर पर्ला की भनेर चिन्ता बडन थालेको छ।

 

प्रकाशित मिति : २५ श्रावण २०७४, बुधबार  १ : ४३ बजे