१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मिस नेपाल यूएसलाई मान्यता


Ang

२६ भाद्र २०७८, शनिबार  

0
Shares

विगत १० वर्षदेखि न्युयोर्कमा हुदै आएको मिस नेपाल यूएसलाई अमेरिकी सरकारले मान्यता दिएको जनाएको छ । सन् २०१० देखि न्युयोर्कमा सञ्चालन हुदै यो प्रतियोगितालाई स्थानीय सरकारले मान्यता दिएको सस्थापक अध्यक्ष अमित शाहले सुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

हरेक वर्ष हुदै आएको यो प्रतियोगिता यही सेप्टेम्बर २३ देखि २५ सम्म हुने शाहले बताए । उनका अनुसार प्रतियोगिताका लागि १० जना प्रतियोगी छनोट गरिसकेको जनाएको छ । प्रतियोगितामा प्रथम हुनेबाहेक अन्य प्रतियोगीहरुलाई पनि सम्मान गरिने भएको छ ।

कार्यक्रममा नेपालबाट आएका कलाकार र न्युयोर्कमा रहेका कलाकारहरुको विशेष प्रस्तुति हुने उनले बताएका छन । कम्युनिटि कोर्डिनेटर राजकुमार विष्टले स्वागत भाषाणका साथ भएको कार्यक्रममा मिस नेपाल यूएस २०११ की विजेता सुजिता बस्नेतले यसपटक छनोट गरिएका १० प्रतियोगीहरुको नाम सुनाएका थिए । कार्यक्रमको सञ्चालन पत्रकार सुनिता कोइरालाले गरेकी थिइन ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ९ : २४ बजे