१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

”गोरखा विनिथ द व्रेभरी” को प्रिमियर शो न्यूयोर्कमा हुँदै



पहिलो भिक्टोरिया क्रस (भिसी) विजेता गोरखा सैनिक कुलवीर थापाको कथामा बनेको चलचित्र ”गोरखा विनिथ द व्रेभरी”को प्रिमियर शो न्यूयोर्कमा हुने भएको छ । भिसी विजेता थापाले युद्धमा देखाएको वीरताको सत्य घटनामा आधारित चलचित्र ”गोरखा विनिथ द व्रेभरी” हो ।

यही अप्रिल १६ तारिख न्यूयोर्कको वम्वई थिएटरमा प्रिमियर शो हुन लागेको हो । लाइटआउट एन्टरटेनमेन्टको आयोजनामा शो हुन लागेको हो । शो अपरान्ह ४:०० बजेदेखि हुने छ भने शो पहिले रेड कार्पेट पनि हुने आयोजक ओम गुरुङले जानकारी दिए । शो अन्तर्गत अवार्ड विजेता लेखक तथा निर्देशक प्रदिप शाही, प्रोड्युसर मधु गुरुङ, प्रमुख नायक समिर गुरुङसँग प्रत्यक्ष भेटघाट गर्न सकिने आयोजक मध्येका अन्जित गुरुङले जानकारी दिए ।

प्रिमियर शोबाट उठेको सम्पूर्ण रकम गोरखा कल्याणकारी कोषमा सहयोग गरिने आयोजकले जनाएको छ । एसएचवाइ प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायाङकन बेलायतमा गरिएको हो । चलचित्रको प्रिमियर शो यस अघि बेलायतमा गरिएको थियो । गोरखालीहरुको बहादुरी, करुणा र मित्रतालाई चलचित्रमार्फत विश्व सामु पुर्याउन मद्दत पुग्ने आयोजक गौतम गुरुङको अपेक्षा छ । चलचित्र प्रदर्शन सफल बनाउनका लागि सम्पूर्ण नेपालीहरुलाई सहभागी भई सहयोग गरिदिन आयोजकले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : १४ बजे