१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

न्यु मेक्सिकोमा भीषण आगलागी



वासिङ्टन [अमेरिका] । संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । यसअघि नै ९७,००० एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन् ।

“सो क्षेत्रभरि हावाको गतिले तीव्र गतिमा आगो लस भेगास तर्फ पूर्व र ग्यालिनास क्यान्यनमा दक्षिणतिर फैलिएको थियो । हावाको तीव्रप्रवाहले आगलागी अनुमान भन्दा छिटो भैलिरहेको बताइएको छ ।

यो तीव्रता आज पनि जारी रहनेछ,” सान्ता फे नेसनल फरेस्टका आगो प्रबन्धकहरूले काफ क्यान्यन र हर्मिट्स पीकमा शनिबार उल्लेख गरेका छन् । डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ ।

विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएको छ।

 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४६ बजे