१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

अमेरिकाको माउन्ट बेकरमा पहिलो पटक १५ जना नेपालीले गरे सफल आरोहण


Ang

५ श्रावण २०७९, बिहिबार  

62
Shares


उत्तर अमेरिकाको सियाटालस्थित माउन्ट बेकर हिमालमा पहिलो पटक १५ जना नेपालीले सफल आरोहण गरेका छन । उक्त टोलिले जुलाइ १७ को दिन सफल आरोहण गरि शिखरमा नेपालको झण्डा फर्फराएको छ । नर्थवेष्ट शेर्पा एसोसियसनको आयोजनामा भएको उक्त अभियान सगरमाथामा १७ औ पटक तथा पहिलो सेभेन समिट आरोहण गर्न सफल ल्हाक्पा रिता शेर्पाको नेतृत्वमा र ५ पटक सगरमाथा आरोहण गरेका जाङबु शेर्पा (गार्मा) र जिग्मे शेर्पा (पाङबुचे)ले सहनेतृत्वमा भएका थिए ।

‘ अमेरिकामा पहिलो पटक हामी १५ जना नेपालीले एकै साथ माउन्ट बेकर सफल आरोहण गर्न पाउदा निकै गौरव र खुसीको अनुभुती भयो ‘ नर्थवेष्ट शेर्पा एसोसियसनका अध्यक्ष आङ जाङबु शेर्पाले भने-‘ पुर्खाले बनाएका गाउघरहरु छाडेर आएपनि अब अमेरिकामा हाम्रो समाज स्थापना र विकासका लागी यो अभियान थालेको हो ‘ । उनका अनुसार यस पटकको अभियानबाट संकलन हुने रकम सियाटालमा निर्माण हुन लागेकेा शेर्पा सामुदायिक केन्द्रको लागी खर्च गरिने भएको छ । १० हजार ७ सय ८१ फिट उचाईमा रहेको माउन्ट बेकरमा पुग्ने सदस्यहरुमा आङ जाङबु शेर्पा (खरिखोला), पासाङ ग्याल्जेन शेर्पा (छेर्मादिङमा), आङ बाबु शेर्पा (लुरा, सोलु), निमा नुरु शेर्पा (छेर्मादिङमा) निमा नुरु लामा (फाप्लु , सोलु), वर्ष प्रधान (सिन्धुपाल्चोक), अङ्गत् पुन (भैरहवा), निल तिलिजा (राम्चे, म्याग्दी) ईसा तिलिजा (राम्चे, म्याग्दी), शिव श्रेष्ठ (सिन्धुपाल्चोक), विवेक राना (गोर्खा), र सन्तोष गुरुङ (नुवाकोट) रहेका थिए ।

‘ अमेरिकामा हाइकिंगसंगै चाहेमा हिमाल पनि चढन सक्छ भन्ने सन्देशका साथ पहिलो पटक नेपाली टोलि माउन्ट बेकर पुगेर फर्केको क्षण निकै अविष्मरणीय बन्यो ‘ आरोहण दलका नेता ल्हाक्पारिता शेर्पाले भने-‘ आगामी दिनमा अमेरिकाको विभिन्न राज्यमा बस्ने नेपालीहरुले चाहेमा आरोहणको राम्रो अनुभव लिने यो राम्रो अवसर हो ‘ । आरोही ल्हाक्पारिता सियाटालमा निर्माण हुन लागेको शेर्पा सामुदायिक केन्द्रको अध्यक्ष समेत हुन । उनका अनुसार यस पटकको अभियानमा ५ जना विद्यार्थी र अन्य अभिभावकहरु थिए ।


सन २०१७ देखि माउन्ट रेनियारमा आरोहणको व्यवस्थापन गदै आएको नर्थवेष्ट शेर्पा एसोसियसनले पर्बतारोहणको ब्यबस्थापनबाट संकलित सम्पूर्ण रकम एसोसिएसनले निर्माण गर्न लागेको शेर्पा सामुदायिक केन्द्रमा खर्च गर्न लागेको उनले बताए । एसोसिएसन अमेरिकाको उत्तरपश्चिम क्षेत्रको प्रदेशहरु वासीङटन, पोर्टल्याण्ड, आईदाहो, मोन्टाना, अलास्का र क्यानाडाको बि्रटिश कोलोम्बिया प्रदेशहरुमा बसोबास गर्ने शेर्पाहरुको एकमात्र प्रतिनिधिमुलक संस्था हो ।
अमेरिकाको उत्तरपश्चिम क्षेत्रमा अहिले करिब २ सय ५० शेर्पा घर परिवारको ५ सय जना भन्द बढि शेर्पाहरु बसोबास गर्द आएको अध्यक्ष शेर्पाले बताए ।

वासिंगटनको सियाटलमा कार्यालय रहेको एसोसियसनले जन्मभुमिबाट अमेरिकाको विभिन्न क्षेत्रहरुमा बसोबास गदै आउने क्रममा आफनो मातृ भाषा, धर्म, संस्कृति र परम्पराको रक्षा गर्ने उद्धेस्य लिएको छ । सियाटलमा निर्माण गर्न लागेको सामुदायिक केन्द्र निर्माणको लागी यस किसिमको अभियानमा सरिक भइ सहयोग गर्न नर्थवेष्ट शेर्पा एसोसिएसनले आग्रह गरेको उनले बताए । एसोसिएसनको केन्द निर्माणको लागी अगस्ट १ देखि ३ तारिखसम्म १२ सदसिय गैर नेपाली महिलाहरुको टोलीले माउन्ट रेनियर हिमालको आरोहण गर्ने भएको छ भने आगामी बर्ष माउन्ट बेकर हिमालमा ३ अमेरिकी नेपाली आरोहण टोलि आयोजना गर्ने योजना रहेको अध्यक्ष आङ जाङबु शेर्पाले बताए । आरोहण सम्बन्धी विस्तृत जानकारीको लागी नर्थवेष्ट शेर्पा एसोसियसनको वेब साइड www.northwestsherpa.org मा र  सम्पर्कको लागि nwsherpa@gmail.com
मा इमेल गर्नका लागि पनि सो एसोसिएसनले सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १० : २८ बजे