१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

धेरै पढ्ने व्यक्तिको आयु बढी–केएल युनिभर्सिटी


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

धेरै अध्ययन गर्ने मानिसलाई किताबको किरो भनेर जिस्क्याउने पनि गरिन्छ । तर, अमेरिकाको केएल युनिभर्सिटीमा गरिएको एक अनुसन्धानले धेरै अध्ययन गर्ने मानिसको आयु पनि लामो हुने पत्ता लगाएको छ । यो अनुसन्धानमा ५० वर्षभन्दा बढी उमेरका तीन हजार ६ सय ३५ व्यक्तिलाई समावेश गरिएको थियो ।

यो अनुसन्धानमा समावेश हुने सबैलाई तीन भागमा बाँडिएको थियो । पहिलो समूहमा पुस्तक अध्ययन नगर्नेहरूलाई राखिएको थियो । त्यस्तै, दोस्रो समूहमा दैनिक साढे तीन घन्टासम्म पुस्तक अध्ययन गर्ने व्यक्तिहरूलाई राखिएको थियो । सोभन्दा बढी अध्ययन गर्ने व्यक्तिलाई भने तेस्रो समूहमा राखिएको थियो ।
अनुसन्धानका अनुसार अधिक अध्ययन गर्ने अझ विशेषगरी कलेज पूरा गरेकाहरू बढी समयसम्म जीवित थिए । रिसर्चले देखाएअनुसार साढे तीन घन्टासम्म पढ्नेहरूको पनि अध्ययन नै नगर्ने मानिसको तुलनामा १२ वर्षको अवधिमा १७ प्रतिशत कम मृत्यु भयो ।
साढे तीन घन्टाभन्दा बढी पढ्नेहरूमा त झन् मृत्युदर २७ प्रतिशतसम्म कम रहेको थियो । किताब अध्ययन गर्ने अधिकांश व्यक्ति औसतमा नपढ्ने मानिसभन्दा दुई वर्ष बढी जीवित रहन्छन् । यो रिसर्च न्युयोर्क टाइम्समा पनि प्रकाशित भइसकेको छ । त्यसैले पुस्तक अध्ययन गर्ने बानी बसाल्नु ज्ञान हासिल गर्नु त छँदै छ, यसले आयु पनि लम्ब्याउने साबित भइसकेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  २ : २३ बजे