१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसको जनजाति मन्त्री सम्मान कार्यक्रममा फुलमन्त्री अनुपस्थित


१६ भाद्र २०७४, शुक्रबार  

0
Shares

काठमाडौँ, १६ भदौ । नेपाली कांग्रेस निकट नेपाल आदिवासी जनजाति सङ्घले सो समुदायको प्रतिनिधित्व गरी सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्री बनेका नेतालाई आज सम्मान तथा शुभकामना व्यक्त गरेको छ ।

सानेपास्थित विपी नगर केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, सिँचाइ राज्यमन्त्री अमरसिंह पुन, कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङलाई सम्मान गरिएको हो ।

संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले विगतमा नेपाली काँग्रेसको नेतृत्वको सरकार गठन हुँदा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान गठन गरिएको बताउँदै आफ्नो दल आदिवासी जनजातिको अधिकार तथा पहिचान संरक्षणको पक्षमा रहेको बताए ।

उक्त कार्यक्रममा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ, रक्षामन्त्री भीमसेनदास प्रधान र श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरी भने अनुपस्थित हुनुहुन्थ्यो । रासस

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार  ५ : २६ बजे