१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रधानमन्त्री देउवा न्युयोर्क प्रस्थान


३ आश्विन २०७४, मंगलबार  

0
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीगण, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, यहाँस्थित विदेशी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिलगायतले बिदाई गरे ।

प्रधानमन्त्री देउवा आज अपराह्न ५ बजे इत्तिहाद एअरलाइन्सको विमानबाट संयुक्त अरब इमिरेट्स (युएइ) को आबुधाबी हुँदै त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार  ७ : ०२ बजे