४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

डिसेम्बर २४ मा सुम्निमा साँझ हुने


Ang

१९ मंसिर २०७४, मंगलबार  

0
Shares

एभरेष्टटाइम्स
न्युयोर्क -किराती राई समुदायले हरेक वर्षको बैसाख र मंसिर पुणिर्माको दिनलाई उभौलि र उद्यौलि चाडको रुपमा साकेला नृत्य सहित विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाउदै आएको छ । सोही अनुरुप यो मंसिर पुणिर्माको उद्यौलिको अवसर पारेर किरात राई सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा सुम्निीमा साँझ ९ औ सस्कारणको रुपमा आयोजना गदैछ ।

कार्यक्रम आगामी डिसेम्बर २४ तारिख आइतबारको दिन अष्टिोरियाको ब्रोडवेस्थित अडिटोरियम सेन्ट्रो स्पानालमा हुने भएको छ । किराती समुदायको मौलिक कला सस्कृति झल्कने विविध सास्कृतिक कार्यक्रमको साथमा चर्चित गायक तथा संगितकार नरेन्द्र प्यासी र चर्चित नृत्य कलाकार पार्वती राईकेा साथमा विभिन्न कलाकारहरुको प्रस्तुती हुन लागेको सुम्निामा साझ कार्यक्रमको संयोजक सुमन नाछिरिङले जानकारी दिएको छ ।

‘ प्रवासमा आफनो मौलिक कला सस्कृति र परम्पराको संरक्षणको लागी हरेक वर्ष सुम्निमा साझ आयोजना गदै आएको हो’ किरात राई सोसाइटी अफ अमेरिकाको अध्यक्ष खगेन्द्र राईले बताए । उनका अनुसार भावी पुस्ता माझ आफनो जातीय पहिचान दिलाउनका लागी हरेक वर्ष यो कार्यक्रम आयोजना गदै आएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलबार  २ : २७ बजे