६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

५० फोटोमा हर्नुस मिस शेर्पा फाइनलको क्षण


१५ पुस २०७४, शनिबार  

12
Shares

नेत्र तामाङ/काठमाडौं

चौथो मिस शेर्पाको ताज सोनाम डोल्मा शेर्पाले पहिरेकी छन् । १२ प्रतिस्पर्धीमध्येबाट कन्टेस्टेन्ट नम्बर १ रहेकी मिस शेर्पा २०१७ को ताज लगाउन सफल भएकी हुन् । सोनाम सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिकाकी हुन् ।

मिस शेर्पाको ताज मिस शेर्पा २०१२ की मिस शेर्पा छिमी शेर्पाले लगाइदिइन् । उनले ताजसहित ३० हजार ३३३ रुपैयाँ नगद र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

शुक्रबार राजधानीको तीनकुनेस्थित रोयल इभेन्टमा भएको चौथो मिस शेर्पाको फस्ट रनर अप कन्टेस्टेन्ट नम्बर २ ल्हामु शेर्पा भइन् । उनलाई समीर क्षेत्रीले ताज लगाइदिएका थिए। उनले २० हजार २२२ सहित अन्य गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

त्यसैगरी सेकेन्ड रनर अफ भने कन्टेस्टेन्ट नम्बर १२ की मिङ्मा याङ्जी शेर्पा हुन सफल भएकी छन् । उनलाई कलाकार बसुन्धरा भुसालले ताज पहिरिदिएकी थिइन् ।

डिपास इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा बेस्ट हेयर, बेस्ट स्किनलगायत विभिन्न उपाधिहरु पनि प्रदान गरिएको थियो ।

शेर्पा युवतीहरुलाई शेर्पा संस्कार र स‌ंस्कृतिबारे जानकारी दिनुका साथै यसलाई संरक्षण संवर्द्धन गर्दै प्रतिभा निखार्न प्रतियोगिता आयोजना गरिएको डिपास इन्टरनेसनलकी प्रबन्ध निर्देशक पासाङ शेर्पा छेल्हामुले जानकारी दिइन् ।

प्रकाशित मिति : १५ पुस २०७४, शनिबार  ८ : ०३ बजे