७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

स्विट्जरल्यान्डमा कृष्ण र ईन्दिराले स्वीस नचाए


२८ पुस २०७४, शुक्रबार  

0
Shares

-स्विट्जरल्यान्डबाट टंक पाख्रिनको सहयोगमा

चर्चित गायिका ईन्दिरा गोले र गायक कृष्ण वाईबाले सेलो तथा लोकलयका गीतहरु प्रस्तुत गर्दा दर्शकहरु रौशिदै झुम्मिए । त्यसमध्ये अधिकांश नेपाल पुगी सकेका स्वीस नागरीकहरु थिए । गत हप्ता स्विट्जरल्यान्डको राजधनी बर्नमा गुरुङ र तामाङ समुदायले आयोजना गरेको विशेष ल्होछार कार्यक्रममा नाचेर उनीहरु मस्ती रमाए । स्थानिय सहभागी टंक पाख्रिनका अनुसार स्विट्जरल्यान्डमा हुने नेपाली समुदायको कार्यक्रमहरुमा स्वीसहरु प्राय सहभागी हुने गर्दछन् ।

मौलिक सँस्कृती र रितिरिवाजको संरक्षण गर्दै नेपाली चाडपर्व मनाउँने उद्देश्य राखी आयोजित विशेष ल्होछार कार्यक्रमको प्रमुख अतिथीमा स्विट्जरल्यान्डको लागि नेपाली राजदूत दिपक धिताल उपस्थित भई शुभकामना मनतब्य दिएका थिए । त्यस्तै गैह्र अवाशिय नेपाली संघ, स्विट्जरल्यान्डका अध्यक्ष भुमीराज गुरुङ, तमु समाजका संयोजक ईश्वर गुरुङ लगायतले शुभकामना सन्देश दिएका थिए । गैह्र-आवाशिय नेपाली संघ, स्विट्जरल्यान्डका महिला संयोजक तथा तामाङ समाज स्विट्जरल्यान्डका संयोजक शुभ एल्मर लामा विशेष ल्होछार कार्यक्रमको पनि संयोजक रहेका थिए । ‘स्विट्जरल्यान्डमा हामी थोरै नेपाली बसेका छौ । तैपनि नेपालबाट कलाकार बोलाएर भए पनि हामी रमाईलो गर्दछौं,’ लामाले बताईन् ।

कार्यक्रममा जर्मनबाट आएकी कलाकार क्रिस्टिना स्याङदन, स्थानिय सचिता गुरुङ लगायत अन्य केहीले समेत मनमोहक नृत्य देखाएर दर्शकहरुलाई मनोरञ्जन दिलाएको टंक पाख्रिनले जानकारी दिए । गायक कृष्ण वाईबाले उनका चर्चित सेलो बिटका गीतहरु ‘हिउँको दरवार’, ‘माथि माथि लेकमा’, ‘होई साईली आयो ल्होछार’ लगायतका गाए भने गायिका ईन्दिरा गोलेले ‘ल्हास्सो फ्याफुल्ला’, ‘छालाले मोरेको डम्फु’, ‘कुटुमा कुटु’ लगायत अन्य चर्चित गीतहरु प्रस्तुत गरिन् । संयोजक लामाका अनुसार कलाकारद्वय स्विट्जरल्यान्डको केहि दिन घुमघाम पश्चात बेल्जियम, पोर्चुगल, जर्मनी लगायतका देशहरुमा हुने ल्होछार कार्यक्रममा प्रस्तुतीका लागि यात्रा गर्नेछन् ।

प्रकाशित मिति : २८ पुस २०७४, शुक्रबार  ५ : ५१ बजे