१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पारखीले पाए थर्ड डन र इन्टरनेशल कोचको उपाधी 


Ang

२७ माघ २०७४, शनिबार  

0
Shares

इन्टरनेशनल मार्सल आर्टस एसोसियसन ( आइएमए) हेडक्वाटर कोलोराडोले न्युयोर्कस्थित इन्टरनेशनल मार्सल आर्टस डोजोका सञ्चालक तथा प्रमुख प्रशिक्षक पारखी राईलाई थर्ड डन र इन्टरनेशनल कोचको उपाधी प्रदान गरियो । विगत १ बर्षदेखिन उक्त डोजोको सञ्चालकको रुपमा क्रियासिल राई युएसए कराते महासंघको राष्ट्रिय रेफ्री हुन । त्यस्तै हेडक्वाटरले न्युयोर्ककै डोजोमा खेल्दै आइरहेका पासाङ दावा शेर्पा र रोसन प्रधानलाई पनि फष्ट डनको उपाधी प्रदान गरेका थिए ।

उनीहरु तीनै जनालाई आइएमए हेडक्वाटर कोलोराडोका सस्थापक साइरस मदानीबाट डन र कोचको प्रमाणपत्र प्रदान गरेका थिए । नेपालको प्रतिनिधित्व गदै त्यहा पुगेका उनीहरु तीनै जनाले कोलोराडोमा भएको ब्लाक वेल्ट टेस्टमा उत्कृष्ट प्रस्तुती गरेको आधारमा उक्त उपाधी सहितको प्रमाणपत्र पाएका थिए । उक्त उपाधी पाउनका लागी अमेरिकाको विभिन्न राज्यमा रहेका आइएमए डोजोका ५५ जना भन्द बढिले विभिन्न तहका डन उपाधी पाउनका लागी टेष्ट दिएका थिए ।

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार  १० : १७ बजे