१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पत्रकार न्यौपानेमाथि आक्रमणको एनअारएन र पत्रकार महास‌ंघद्वारा विरोध


८ फाल्गुन २०७४, मंगलबार  

0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति एनअारएन आइसिसी र नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ कुवेत शाखाका अनुसार २०७४ फागुन ६ गते साँझ अध्यक्ष तामाङले पटकपटक फोन गरी महासंघ कुवेत शाखाका सदस्य सुजन केसीको कोठामा छलफल छ भनी बोलाइ अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका अध्यक्ष न्यौपानेको हाल कुवेतस्थित आदान अस्पतालमा उपचार भइरहेको छ ।

जिम्मेवार संस्थाको अध्यक्षजस्तो पदमा रहेका व्यक्तिले आफ्नो पदीय हैसियतलाई ख्याल नगरी अर्का जिम्मेवार संस्थाका अध्यक्षमाथि गरिएको यो सांघातिक आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको दुबै संस्थाले उल्लेख गरेको छ । महासंघ पत्रकारका सचिव रमेश विष्टद्वारा र एनअारएनका प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा न्यौपानेमाथि भएको आक्रमणको घोर निन्दा गर्दै छानबिन गरी दोषीमाथि कडा कारबाहीको पहल गर्न कुवेतस्थित नेपाली दूतावास, नेपाल सरकार र गैर नेपाली संघ केन्द्रीय समितिको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलबार  १२ : २२ बजे