७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पञ्चेबाजा दोहोरी ‘मायाको घर..’ लिएर आइन् रमिला: साथमा खुमन अधिकारी


६ बैशाख २०७५, बिहिबार  

0
Shares

काठमाडौं । गायिका रमिला न्यौपाने नयाँ गीत मायाको घर छ लिएर आएकी छिन् । शिव दर्शन फिल्मस् प्रा.लिको प्रस्तुतिमा पञ्चेबाजा गीत युट्युवमार्फत् सार्वजनिक गरिएको हो ।

उनकै शब्द रहेको गीतमा खुमन अधिकारीको लय रहेको छ । गीतमा न्यौपाने  र अधिकारीको स्वर रहेको छ ।

शंकर विसीको निर्देशनमा तयार भयको सो म्युजिक भिडियोको छायांकन दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरको रहेको छ । युवराज अर्याल र रुविना अधिकारीले अभिनय गरेका छन् ।

वैशाख महिना बिहेको महिना भएकाले दर्शकले पञ्चेबाजाकै गीत मन पराउने गायिका न्यौपानेको भनाई छ । बिहे घरमा जसरी नै जीवन्तता दिन गीतको भिडियो सोही निर्माण गरिएको बताउँदै गायिका न्यौपानेले भनिन्, ‘भिडियो हेर्दा दर्शकलाई बिहे घरमै भएको जस्तो अनुभूति होस्’ ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहिबार  ११ : १७ बजे