८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एक धक्कामा १२ सय मानिस ढालेर राखियो विश्व कीर्तिमान


१५ जेष्ठ २०७४, सोमबार  

0
Shares

अमेरिकाको आरोनका इलेक्ट्रोनिक्स तथा उपकरण विभागका कर्मचारीहरुले वल्र्ड रेकर्ड कायम गर्नका लागि एक धक्कामा १२ सय मानिसलाई लडाइएको छ ।

गद्दाको चर्चित ब्राण्ड आरोनले विश्व किर्तिमान कायम गर्नका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको थियो ।

आफ्नो नरम गद्दाको प्रचार सागै गिनिज बुकमा नाम लेखाउने प्रयोजनार्थ आरोनले कार्यक्रमको आयोजना गरेको हो ।

७ हजार वर्ग फुटमा ३४ वटा पंक्तिमा आफ्नो गद्दालाई पछाडि राखेर कर्मचारीहरु उभिए । पंक्तिको सुरुमा उभिएको कर्मचारीलाई धक्का दिएर ढालेसागै १३ मिनेट ३८ सेकेण्डमा तासका पत्ति झैा पूरै १२ सय कर्मचारी ढले ।

यसअघि यस्तो किर्तिमान जर्मनीको एक कम्पनीले बनाएको थियो । तर अमेरिकी कम्पनीले उक्त किर्तिमान भंग गर्यो । एजेन्सी

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार  २ : १५ बजे