६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मिस नेपाल नर्थ अमेरिकाका लागि छानिए २० प्रतिस्पर्धी, फिनाले ११ अगस्टमा


२१ असार २०७५, बिहिबार  

0
Shares

न्युयोर्क । मिस नेपाल नर्थ अमेरिका २०१८ प्रतियोगिताका लागि २० प्रतिस्पर्धी छनोट भएका छन् । अमेरिकाको न्युयोर्कस्थित मेलरोज बलरुममा अगस्ट ११ मा हुने प्रतियोगिताका लागि ३५ जनाले आवेदन दिएकोमा २० जना छानिएको आयोजकले जनाएको छ ।

अमेरिका क्यानडा र मेक्सिकोमा रहेका नेपाली मुलका युवतीहरु अनलाईन अडिसनमार्फत छनोट गरिएको हो ।

प्रतियोगीहरु ५ अगस्टमा न्युयोर्क आइपुग्ने र उनीहरुलाई मिस नेपाल २०१० सदीक्षा श्रेष्ठ, मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८, मिस वुमन न्युयोर्क २०१७, मिस टुरिजम अमेरिका २०१७ फतेना क्वेसमलगायतले एकहप्तासम्म तालिम दिनेछन् । सदीक्षा मिस नेपाल अमेरिकाका लागि कोरियाग्राफरसमेत हुन । कार्यक्रममा वर्तिका राई ,हेमन्त राना र धरमवीर लामा लगायतको प्रस्तुति समेत रहनेछ ।

यी हुन् छनोटमा परेका युवतीहरु

Aakriti Shah (California, USA),
Anusha Adhikari (Mississauga, Canada),
Bhavishya Lama (Michigan, USA),
Dilasha Koirala (Alabama, USA),
Jyoti Gurung (Indiana, USA),
Karuna Adhikari (Texas, USA),
Maya Adhikari (Pennsylvania, USA),
Monica Ghale (New York, USA),
PujaThapa (Virginia, USA),
Pratima Upadhyay (Toronto, Canada),
Ridika Pradhan (New York, USA),
Samyukta Puri (Texas, USA),
Sanam Thapa (Maryland, USA),
Shradha KC (Massachusetts, USA),
Simran Chudal (Virginia, USA)
Smriti Lamichhane (Minnesota, USA),
Srijana Rai (Califronia, USA),
Srijana Rana (New York, USA),
Sujata Lama (Vancouver, British Columbia),
Sweta Lama (Massachusetts, USA).

प्रकाशित मिति : २१ असार २०७५, बिहिबार  १० : ५३ बजे