६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

नाङ्सालको अध्यक्षमा मिकसाङ, महासचिवमा राम, सचिवमा मिथिला र मिलन


२४ असार २०७५, आइतबार  

0
Shares

काठमाडौं । तामाङ साहित्य र कलाको क्षेत्रमा सक्रिय रहँदै आएको संस्था नाङसाल क्लब नेपालको अध्यक्षमा सञ्चारकर्मीसमेत रहेकी मिक्साङ वाईवा तामाङ चयन भएकी छन् ।

काठमाडौंको ठमेलस्थित अतिथि सत्कार रेस्टुरेन्टमा शनिबार आयोजित चौ‌ंथो अधिवेशनबाट मिकसाङ अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । स‌ंस्थाका निवर्तमान अध्यक्ष दीर्ग तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कानुन मन्त्री शेरबहादुर तामाङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

अधिवेशनबाट दुप्साङ लामा तामाङ,रत्न कुमार दोङ तामाङलाई उपाध्यक्षमा चयन गरेको छ भने राम बहादुर लामा तामाङ महासचिव, मिलन लामा तामाङ,मिथिला लामा तामाङ सचिवमा र छत्र लामा तामाङ कोषाध्यक्षमा चयन भएका छन् ।

त्यसैगरी शम्भु लामा तामाङ, दुर्गा लामा तामाङ, चन्द्र कुमार दोङ तामाङ ,चनिका तामाङ,पेम्साङ तामाङ, पुष्पान्जाली तामाङ.लोप्साङ राज मोक्तान तामाङ,ज्ञान लामा तामाङ,संजु मोक्तान तामाङ,राजु ब्लोन तामाङ ,सुनिता लाम्खोर तामाङ,रोमा स्याङतान तामाङ,शान्ति माया बल तामाङ ,सुशिला तामाङ र विजय तामाङ सदस्यमा चयन भएका छन् ।

तामाङ स‌ंस्कृति नपस्की नेपालको स‌ंस्कृति पुरा हुदैन : कानुनमन्त्री तामाङ

कार्यक्रममा कानुनमन्त्री तामाङले तामाङ साहित्य र कलालाई उजागर गर्ने काममा लागेकोमा धेरै खुसी लागेको उल्लेख गर्दै अझै राम्रो गर्न शुभकामनासमेत दिए । तामाङको स‌ंस्कृति नपस्कीकन नेपालको स‌ंस्कृति कुनै पनि हालतमा पुरा नहुने तामाङको भनाई थियो ।

भिडियो:

प्रकाशित मिति : २४ असार २०७५, आइतबार  ९ : ०९ बजे