७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रमिला र खुमनको तीज गीतमा प्रकाश सपुत र दुर्गेशको नाच, प्रस्तुति बाबुरामको


२९ असार २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । ‘म त आउँदिन है कालु हो, मेड इन नेपाल, झमझम् दर्कियो पानी, ओम शिव शंकर भोला, आँखा मारी–मारी, बर्बादै भयो, आशीर्वाद माग्छु, घाम लाग्यो शितलु भयो, काठमाडौंमा ट्याक्सी चलाउनेजस्ता चर्चित गीतपछि यसपटक तीजका लागि रमिला न्यौपानेको कोसेली सार्वजनिक भएको छ ।

‘भुरुरु उडेको पुतली बसेन दिलैमा’ बोलको तीज गीत  हालै युट्युबामार्फत सार्वजनिक गरिएको हो । रमिलालाई गायक खुमन अधिकारीले  साथ दिएका छन् । अधिकारीको लयशब्दमा गीत तयार भएको हो ।

प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् हुन् भने बाबुराम भट्टराईको प्रस्तुति रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार  ७ : ११ बजे