१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जिप दुर्घटनामा घाइते पत्रकार उजिर मगरलाई काठमाडौं ल्याइँदै


३ श्रावण २०७५, बिहिबार  

0
Shares

पत्रकार महा‌संघका पूर्व महासचिवसमेत रहेका पत्रकार उजिर मगर बुधबार बेलुकी बाग्लुङमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका छन् । मगरसँगै अन्य चार यात्रु चढेको ध १ ज १४९ नम्बरको जीप बाग्लुङ्गको गलकोट रिघामा दुर्घटनामा परेको थियो । मगरको दायाँ आँखा, निधार र वायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

बाग्लुङ  गलकोटको आरोग्य अस्पतालमा प्रारम्भिक उपचार पछि विहीबार बिहान ३ बजे मणिपाल अस्पताल पोखरामा ल्याइएको थियो । मगरलाई थप उपचारका लागि हेलीकोप्टरबाट काठमाडौं पठाउने तयारी भैरहेको छ । अन्यको स्वास्थ्य अवस्था अवस्था खतरामुक्त रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहिबार  ८ : १४ बजे