भारतीय गायिका भोस्ले नेपाल आउँदै

December 24, 2019

काठमाडाैं– भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै छिन् । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा यहाँ आउन लागेकी हुन् । शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने कला केन्द्रले जनाएको छ ।

भोस्लेसँगै ३५ जना नेपाली कलाकारले पनि साथ दिने आयोजकले जनाएका छन् । यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् । ८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान गरेकी छन् ।

सम्बन्धित समाचार