बम बिस्फोटमा खुट्टा गुमाएकी मीरालाई नेविसंघ अमेरिकाको ३ लाख सहयोग

June 4, 2018

काठमाडौं: नेविसंघ अमेरिकाले बम विस्फोटमा खुट्टा गुमाएकी मीरा कटुवाललाई ३ लाख सहयोग प्रदान गरेको छ। आज काठमाडौंको बत्तीसपुतलीमा एक कार्यक्रम आयोजना गरी नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले उक्त सहयोग हस्तान्तरण गरे।

नेविसंघ अमेरिका शाखाका संयोजक प्रभातराज सापकोटाको सक्रियतामा उक्त सहयोग प्रदान गरिएको नेविसंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश ३ का संयोजक रामप्रसाद अधिकारीले जानकारी दिए।

उदयपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार नारायण कार्कीको निर्वाचन प्रचारका क्रममा बम विस्फोटमा परी कटुवालले खुट्टा गुमाएकी थिइन्। खुट्टा गुमाएकी कटुवाललाई नेविसंघले केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

सहयोग कार्यक्रमलाई सम्बोधन गर्दै कटुवालले आफूलाई भन्दा उम्मेदवार बनेका कार्कीको अवस्था नाजुक रहेको बताइन्। कार्कीकी हिजोमात्र खुट्टा काटिएको र कतैबाट सहयोग नपाइरहेको उनले जानकारी दिइन्। कार्यक्रममा कांग्रेस नेता सिटौला, कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललगायतले मीराको राजनीतिक भविष्य स्थापित होस भनी कामना गरेका थिए।

 

 

 

सम्बन्धित समाचार