फिप्नाद्वारा तीन सल्लाहकार मनाेनयन

July 21, 2020

आदीवासी जनजाति महासंघ अमेरिका ( फिप्ना) ले नेपाली अमेरिकन समुदायका तीन जना व्यक्तिलाई सल्लाहकारमा मनोनित गरेको छ ।

लामो समयदेखि आदिवासी जनजाति आन्दोलनमा योगदान दिएका र अनुभव संगालेका व्यक्तित्वहरुलाई सल्लाहकार चयन गरिएको हो ।

मनोनित हुनेहरुमा आदिवासी महिला आन्दोलनमा लामो समयदेखिन लाग्दै आएकी लिला सिंगाग, तामाङ सोसाइटी अफ अमेरिकाका पुर्व अध्यक्ष भरत लामा र शेर्पा किदुग अमेरिकाका पुर्व महासचिव एवं एनआरएन टुरिजम् एण्ड ट्रेड टक्स फोर्सका संयोजक आङ जाङबु शेर्पा रहेका छन ।

‘नेपाली आदीवासी आन्दोलनमा योगदान र अनुभव संगालेका नेपाली अमेरिकन समुदायका मुर्धन्य व्यक्तिहरुलाई सल्लाहकारमा मनोनयन गर्न पाउँदा गर्व अनुभति भएको छ’ फिप्नाका अध्यक्ष लोक चेम्जोङले फेसबुकमार्फत खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार