पाइलटले अटेरी गर्दा विमान दुर्घटना भएको विमानस्थलको भनाई

March 12, 2018

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दुर्घटना भएको युएस बंगलादेश एयरलाइन्सको विमान पाइलटको अटेरीका भएको विमानस्थलले जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्यसहित ७१ यात्रु सवार रहेका थिए ।

ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।

अहिलेसम्म ३९ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । घाइतेको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहेको बुझिएको छ ।

विमान दुर्घटनामा परी निधन भएकाहरुको विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार