काठमाडौं । एकल महिलाहरुको विकास गर्ने उद्देश्यले स्थापित संस्था विहानी एकल महिला समूह शाखा जोरपाटीले आइतबार विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–६ स्थित समूहकै सभाकक्षमा “एकल महिलाको वर्तमान अवस्थामा अवसर र चूनौती” भन्ने विषयक अन्तक्रियात्मक गोष्ठी सम्पन्न भएको हो ।
शाखाका अध्यक्ष झुमा लामाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल महिला संघको सल्लाहकार सृजना सिंहले प्रमुख आतिथ्यता ग्रहण गरेको थियो भने बिशेष आतिथ्यता नपाका मेयर सन्तोष चालिसे र उपमेयर शान्ति नेपालले गरेको थियो । अतिथिहरुमा क्रमशः समूहको केन्द्रिय कार्यसमितिका अधिबक्ता राजन रायमाझी, वडाध्यक्ष रमेश अर्याल, वडासदस्य नवराज लामा, वडा नं. ५ का वडाध्यक्ष नारायण सुवेदी, नेपाल महिला संघ जिल्ला कार्यसमिति काठमाडौंका अध्यक्ष विष्णुदेवी पुडासैनी, समूहका केन्द्रिय सदस्यद्धय निर्मला बस्नेत र शशी शर्मा लगायत रहेका थिए ।
समूहका कोषाध्यक्ष सेती लामाले स्वागत र सचिव टिकामाया जिरेलले संचालन गरेको उक्त कार्यक्रममा कानूनी सल्लाहकार राजन रायमाझी, एकल ज्येष्ठ महिलाहरु छिरिङ लामा, सुनमाया लामा, जगमाया अधिकारी, शोभा चौलागाई, राधिका ओडारी, साहिंली लामा र शसक्तिकरण तर्फबाट कमला लामालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
समूहले स्थापनाकालदेखि केन्द्रिय कार्यलय हुदै शाखा ले पनि एकल महिलाहरुको हितको लागि बचत अभियान, सीपमूलक तालिम र हिंसामा परेका महिलाहरुको न्याय दिलाउदै आइरहेको छ ।